खेल

विश्व नम्बर एकलाई हराउँदै वावरिन्काले जिते युएस ओपन टेनिस

विश्व नम्बर एकलाई हराउँदै वावरिन्काले जिते युएस ओपन टेनिस
भदौ–२७ । स्वीट्जरल्याण्डका स्टानिसलास वावरिन्काले विश्व नम्बर एक सर्वियाका नोभाक जोकोविचलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेका छन् । वावारिन्का तेस्रो वरियताका खेलाडी हुन् । tenis वावरिन्काले जोकोविचलाई ६–७, ६–४, ७–५ र ६–३ को सेटमा हराएर पहिलो पटक युएस ओपन टेनिसको उपाधि उचालेका हुन् । वावरिन्काले योसँगै तीनवटा ग्राण्डसलाम उपाधि जितेका छन् । उनले यसअघि अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन टेनिसको उपाधि जितेका थिए । जोकोविचको खुट्टाको चोटका कारण खेलको क्रममा मेडिकल टाइम आउट लिनु परिरहेको थियो । चौथो सेटको क्रममा उनको खुट्टाबाट रगत समेत बगेको थियो ।

Tenis

विशेष