गंगामाया बचाउ अभियानद्वारा अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी
भदौ - २७ । गङ्गामाया बचाउ अभियानले आरोपी छविलाल पौडेललाई तत्काल प्रक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमा जाने चेतावनी दिएको छ ।
छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै गङ्गामाया अधिकारी ३२ दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा छिन् ।
अधिकारीको अवस्था गम्भीर बन्दै गएको भन्दै अभियानले सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनको जीवन रक्षाका लागि सरकारले मुख्य आरोपी पौडेललाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेको छ ।
अभियानकर्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतले समेत हत्याका मुख्य आरोपीलाई तत्काल पक्राउ गर्न आदेश दिएको उल्लेख गर्दै राष्ट्रिय कानुनबमोजिम कारबाही नगरे आफूहरु अन्तर्रा्ष्ट्रिय कानुनबमोजिम अघि बढ्ने चेतावनी दिए ।
अभियानकर्ता प्रा कपिल श्रेष्ठले चितवन जिल्ला अदालतले अस्पतालमै आएर बयान लिने भने पनि अधिकारी बोल्न नसक्ने अवस्थामा रहेको जनाउँदै तत्काल सरकारलाई यसप्रति गम्भीर हुन आग्रह गरे ।
अभियानकर्ता दिनेश त्रिपाठी, कपिल श्रेष्ठ, सुबोध प्याकुरेल, शर्मिला कार्की, रसना ढकाल, आशिकराम कार्की र पुप्प पौडेललगायतले गङ्गामायालाई न्याय दिएन भने आफूहरु प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्र सङ्घको बैठकमा भाग लिन जानुअघि नै अधिकारीलाई न्याय दिलाउन राष्ट्र सङ्घसमक्ष र महासचिव वान की मुनलाई समेत आग्रह गर्ने बताए ।
डा केदारनरसिंह केसीले आफूलाई बचाएर मात्रै आफ्नो अधिकारका लागि लड्न सकिने भन्दै अधिकारीलाई तत्काल अनशन तोड्न आग्रह गरे । केसीले भने “तपाईका साथमा हामी छाँै, अनशन तोडेर आउनुहोस्, अनि न्यायका लागि सँगै लडौँ ।”
Ganga Maya
Ganga Maya Adhikari
Gangamaya in icu