नेइमार अब गायक बन्ने, गीत फेसबुक मार्फत सार्वजनिक हुने

भदौ–२७ । ब्राजिलका फुटबल स्टार नेइमारले फुटबलका साथ गीतमा पनि हात हाल्ने भएका छन् ।
नेइमारले विश्वसामू आफ्नो नयाँ गीत नेइम्युजिकको सार्वजनिक गर्ने भएका छन् । उनले आगामी बुधबार गीत फेसबुकमार्फत सार्वजनिक गर्ने बताएका छन् ।
गत सिजन बार्सिलोनालाई स्पेनिस ला लिगा र कोपा डेल री तथा रियो ओलम्पिकमा ब्राजिललाई स्वर्ण पदक जिताएका नेइमारलाई संगीत क्षेत्र पुरानो शोख रहेको बताएका छन् ।
उनले ट्वीटरमा पनि यस बारे लेखेका छन् । उनले लेखे, ‘यस बुधबार म संगीत करियर सुरु गर्दैछु र आफ्नो नयाँ गीत फेसबुकमार्फत सार्वजनिक गर्दैछु । यसलाई शेयर गर्नुहोस् ।’
https://twitter.com/neymarjr/status/774973782389886976
Nymar
Nymer
