मनोरञ्जन

नेपथ्यको नयाँ गीत ‘हो रामा रामा’ युट्युवमार्फत सार्वजनिक (भिडियोसहित)

नेपथ्यको नयाँ गीत ‘हो रामा रामा’ युट्युवमार्फत सार्वजनिक (भिडियोसहित)

भदौ–२७ । नेपथ्य ब्याण्डले आफ्नो नयाँ गीत ‘हो रामा रामा’ युट्युव मार्फत सार्वजनिक गरेको छ । विभिन्न ठाउँमा भएका सांगीतिक कार्यक्रममा नेपथ्यले यो गीत प्रस्तुत गरिसकेको छ ।

कार्यक्रममा सहभागीको उत्साह समेटिएको भिडियोसहित नेपथ्यले नयाँ गीत सार्वजनिक गरेको हो । नेपथ्यले दुई वर्षअघि दक्षिण कोरियाको राजधानी सउलमा भएको कार्यक्रममा यो गीत पहिलो पटक प्रस्तुत गरेको थियो । नेपथ्यको टोली फेरि सांगीतिक कार्यक्रमका लागि दक्षिण कोरिया जान लागेको छ । यही छेको पारेर उसले रामा रामाको भिडियो सार्वजनिक गरेको हो । चार महिना अघि नयाँ संग्रहमा समावेश हुने ‘नराम्रो सपना’ बोलको गीत युट्युब मार्फत नै सार्वजनिक गरिएको थियो ।

ho rama rama Nepathy new video

विशेष