समाज

दशैंअघि फोहोरबाट बिजुली उत्पादन गर्ने महानगरपालिकाको योजना

दशैंअघि फोहोरबाट बिजुली उत्पादन गर्ने महानगरपालिकाको योजना
kathmandu-metropolitan-city-office-640x360भदौ–२७ । काठमाडौँ महानगरपालिकाले फोहोरबाट बिजुली उत्पादन गर्ने भएको छ । महानगरपालिकाले दशैंअघि नै फोहोरबाट बिजुली उत्पादन गर्न गत साता भारतबाट बिजुली उत्पादन गर्ने मेशिन आइपुग्नासाथै प्राविधिक टोलीले जडान थालिसकेको छ । दुईवटा डाइजेस्ट प्लान्ट मेसिन जडान भइरहेको टेकुस्थित महानगरपालिकाको फोहर थुपार्ने ठाउँबाटै बिजुली उत्पादन गरिने महानगरपालिकाले जनाएको छ । नेपालमा फोहरबाट बिजुली उत्पादन गर्न लागिएको यो पहिलो पटक हो । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘दशैंसम्ममा उत्पादन थाल्ने गरी काम भइरहेको छ ।’ फोहर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्न युरोपयन युनियन (इयु)सँग सहकार्यमा सन् २०१३ मा महानगरको वातावरण महाशाखाले फोहरमैला व्यवस्थापन परियोजना सुरु गरेको थियो । इयु ८० प्रतिशत लगानी गर्न तयार भएपछि महानगरपालिकाले बाँकी लगानी गरी परियोजना सुरु गरेको हो । परियोजनाको कुल लागत करिब ३ करोड रुपैयाँ छ । महानगरले भारतबाट खरिद गरेको दुई वटा बिजुली उत्पादन मेसिनको मूल्य १ करोड ८२ लाख रुपैयाँ छ । महाशाखा प्रमुख तथा परियोजना निर्देशक रविमान श्रेष्ठका अनुसार काठमाडौंमा दैनिक पाँच सय टन फोहरमैला संकलन हुन्छ । दैनिक तीन टन फोहर प्रशोधन गरी दुई मेसिनले करिब १४ किलोवाट बिजुली उत्पादन गर्ने श्रेष्ठले बताए । उत्पादित बिजुली कार्यालय र सडक बत्तीमा प्रयोग गर्ने महानगरको योजना रहेको छ । देशभर नगरपालिकाले पनि मेसिन राखे ग्यास र बिजुली उत्पादनसँग फोहर व्यवस्थापन समेत सहज हुनसक्छ ।

kathmandu-metropolitan Mahanagarpalika

विशेष