खेल ताजा खबर

फ्रान्सका राष्ट्रिय खेलाडिको खेल मैदानमै मृत्यु

फ्रान्सका राष्ट्रिय खेलाडिको खेल मैदानमै मृत्यु

football

भदौ २८ ।  फ्रान्समा एक फुटबल खेलाडीको खेलकै क्रममा निधन भएको छ । फ्रेन्च कप अन्तर्गत भएको खेलको क्रममा फ्रान्सको छैटौं डिभिजनको क्लब एजे विगुइयाका बेन इड्रिसा डर्मको निधन भएको हो ।

फ्रेन्च कपको तेस्रो चरण अन्तर्गत फुरिएनीसँगको खेलको दोस्रो हाफको क्रममा बेनलाई हृदयघात भएको थियो । मैदानमै लडेका उनलाई त्यहाँ रहेको मेडिकल टिमले उपचार गरेपनि बचाउन भने सकेन । बुर्किना फासोको राष्ट्रिय टिमका पूर्व खेलाडी ३४ वर्षका बेनले राष्ट्रिय टिमबाट चार खेल खेलेका छन् ।

Footballar Death

विशेष