इतिहासमा आज समाज

इस्लामहरुको महान चाड बकर इद

इस्लामहरुको महान चाड बकर इद

ed भदौ २८ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) मंगलबार मनाइँदै छ  । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।

इदका दिन मुस्लिम समुदायले मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । इदका अवसरमा सरकारले मंगलबार  सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । इदका अवसरमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  लगायत राजनीतिक दलका नेताहरुले सुभकामना दिएका छन् ।

Ed

विशेष