समाज

गृहमन्त्री निधिको निवासमा काठमाडौंका गुन्डाहरुको लस्कर

गृहमन्त्री निधिको निवासमा काठमाडौंका गुन्डाहरुको लस्कर

bimalendra nidhiभदौ २८ । पछिल्ला दुई वर्षमा राजधानीमा दुई डनको इन्काउन्टर भयो । एसएसपी पुष्कर कार्कीको निशानामा दिनेश अधिकारी चरी परे भने अर्को एसएसपी सर्वेन्द्र खनालको निशानामा कुमार श्रेष्ठ घैटे परे । दोस्रो डनको इन्काउन्टर गर्ने तयारी गर्दै गर्दा एसएसपी खनालको सरुवाको तयारी भएको छ । खनालको सुरुवा नभएसम्म राजधानीका गुन्डा नाइकेहरु राम्रोसँग सुत्न पाएका छैनन् । केहीले देश नै छाडेर विदेशिएका छन् भने अरु पनि घरमा ढुक्कले बस्न पाएका छैनन् ।

अहिले काभ्रेली समूहका नाइके गणेश लामालाई एसएसपी खनालको सबैभन्दा ठूलो चिन्ता छ । त्यसकारण उनी ज्यान जोगाउने ठूला नेता भेट्दै हिँडेका छन् । यहि क्रममा गत शुक्रबार बिहानै उनी गृहमन्त्री विमलेन्द्र निधिको क्वाटरमा पुगे । ‘मविरुद्ध कुनै मुद्दा छैन हजुर तर पनि प्रहरीले मेरो पिछा गर्न छाडेन , मलाई बचाइदिनु पर्यो मन्त्रीज्यू’ भन्दै उनी कांग्रेसका एक नेतालाई लिएर मन्त्री निधि भेटन गएका थिए । –दृष्टि साप्ताहिकबाट

विशेष