नेपाली बजारमा अर्को स्मार्टफोन 'ओप्पो'
भदौ २८ । चाइनाको चर्चित स्मार्टफोन ‘ओप्पो’ नेपालमा सार्वजनिक भएको छ । होटल याक एण्ड एतिमा भब्य कार्यक्रम आयोजना गरि ओप्पो सार्वजनिक गरेका हुन् । नेपालमा त्रिवेणी ग्रुपसंग आवद्ध टेलिसेल प्रा.लि कम्पनीले यो मोवाइल नेपाली बजारमा ल्याएको हो ।
पछिल्लो समयमा एशियाली बजारमा एप्पल र सामसुङलाई कडा चुनौती दिइरहेको ओप्पो नेपाली बजारमा पनि प्रवेश गरेको हो । विश्व बजारमा सामसुङ, एप्पल र हुवावेपछि ओप्पोको स्थान रहेको बताउदै १५३ प्रतिशतले बजार बढिरहेको ओप्पो नेपालका ब्राण्ड म्यानेजर माइकलले बताए । सोमबारदेखि ओप्पोका उत्पादनहरु नेपालका मुख्य मोबाइल स्टोरहरुमा उपलब्ध हुने माइकलले बताए ।
नेपालमा तीब्र रुपमा बढिरहेको स्मार्टफोन बजारलाई लक्षित गर्दै ओप्पोले यहाा बजार विस्तार गरेको उनले बताए । सेल्फीको क्षेत्रमा यस फोनले रिभोलुसन ल्याएको र पहिलो पटक नया फिचर र १६ मेगापिक्सल क्यामरा सहितको स्मार्टफोन ल्याएको कम्पनीले बताएको छ । ओप्पोले नेपाली बजारमा मध्यम वर्गका सेल्फीप्रेमिलाइ लक्षित गरेर ३ मोडलहरु सार्वजनिक गरेको छ ।
Oppo Smart Phone