खेल ताजा खबर

थोत्रो साइकलमा घर–घरमा तरकारी बेच्ने आमाका छोराले जिताए पारा ओलम्पिकमा स्वर्ण पदक

थोत्रो साइकलमा घर–घरमा तरकारी बेच्ने आमाका छोराले जिताए पारा ओलम्पिकमा स्वर्ण पदक

paralyampics भदौ २८ । थोत्रो साइकलको सहाराले घर–घरमा तरकारी बेच्दै आइरहेकी भारत तमिलनाडुकी एक महिलाले आफ्नो छोराको सफलतालाई लिएर अहिले गदगद छिन् ।

थङ्गावेलु मरियप्पन, भारतलाई ब्राजिलको रियो पाराओलम्पिकमा स्वर्ण दिलाउने एक मात्र एथलेट हुन । जसले रियो पाराओलम्पिकको पोलजम्प स्पर्धामा भारतलाई स्वर्ण दिलाएका थिए । उनको यो सफलतापछि उनी जन्मिएको राज्य तमिलनाडु मात्र होइन, पुरै भारतमा उनको घरको संघर्षको कहानी सुनिन थालेको छ । २१ वर्षिय मरियप्पनले हाइजम्पको टि ४२ स्पर्धामा १ दशमलव ८९ मिटरको उचाई छुदैँ स्वर्ण जितेका थिए ।

मरियप्पनले ५ वर्षको उमेरमा सडक दुर्घटनामा आफ्नो एउटा खुट्टा गुमाएका थिए । बाटोमा आमासँगै हिडिरहेको बेला पछाडिबाट एउटा गाडीले टक्कर दिँदा उनको एउटा खुट्टा काम नलाग्ने गरि काट्नु परेको थियो । छोराको त्यो उपचारका लागि मरियप्पनकी आमाले ५ लाख रुपियाँ ऋण लिएकी थिइन् । उनी त्यो ऋण चुक्ता गर्न अहिले पनि घर–घरमा पुगेर तरकारी बेच्दै आइरहेकी छिन् ।

यस्तो अवस्थामा पनि उनले आफ्नो छोराको खेलाडी बन्ने सपनालाई कहिल्यै मुर्छाउन दिइनन् । रियो पाराओलम्पिकमा छोराले दिलाएको सफलतापछि अब यो परिवारको दुःखको दिन समाप्त हुँदैछ । किनभने तमिलनाडु सरकारले मात्र मरियप्पनको सफलताका लागि ३ करोड २० लाख रुपियाँबाट पुरस्कृत गर्ने बताइसकेको छ । यस्तै भारतीय खेल मन्त्रालयले पुरस्कारस्वरूप १ करोड २० लाख रुपियाँ दिँदैछ ।

मरियप्पनको सफलताबाट अभाव र गरिबीको बहाना बनाएर बाटो बिराउने भारतीय युवाहरूले पाठ सिक्नु पर्ने छ । रियो पाराओलम्पिकमा कूल १७ भारतीय खेलाडीले भाग लिएका थिए ।

Paralympics

विशेष