मनोरञ्जन

कपिल शर्मा र इरफान खानलाई ३ वर्षसम्म जेल सजाय हुनसक्ने

कपिल शर्मा र इरफान खानलाई ३ वर्षसम्म जेल सजाय  हुनसक्ने
kapil-sharam-vs-irrfan-khan भदौ - २८ । भारतीय कलाकार कपिल शर्मा र इरफान खानविरुद्ध ‘अनधिकृत निर्माण’को विषयमा मुद्दा दायर भएको छ । उक्त अभियोगमा दोषी पाइए उनीहरूलाई तीन वर्षसम्मको जेल सजाय हुनसक्ने अधिकारीहरूले बताएका छन् । मुम्बईको पी साउथ वार्डका सब इन्जिनियर अभए जगतापले महाराष्ट्र क्षेत्रीय शहरी योजना ऐन् को ५३ (७) प्रावधान अनुरुप अर्पाटमेन्ट धनी तथा अर्पाटमेन्ट निर्माता विरुद्ध मुद्दा दायर गरेका थिए । यसअनुसार अनाधिकृत निर्माण गर्ने अपार्टमेन्ट मालिकहरुलाई निर्देशन पालना नगरेको आरोपमा एक महिनादेखि ३ वर्षसम्म जेल बस्नु पर्ने तथा दुई हजारदेखि ५ हजारसम्म जरिवाना गरिने प्रावधान छ । महाराष्ट्र राज्यको महानगरपालिका बीएमसीले गोरेगाउँ हाइ राइज भवनको नवौं तल्लामा कलाकार कपिल शर्माको लगायत १५ वटा अर्पाटमेन्टहरूमा त्यस्तो अनधिकृत निमाण पाइएको छ । कलाकार इरफान खानको पनि पाचौं तल्लामा पनि एक अपार्टमेन्ट रहेको र त्यसमा पनि अनाधिकृत निर्माण गरिएको दाबी गरिएको छ । केही दिन अगाडी मात्र कलाकार कपिल शर्माले बिएमसीका एक अधिकारीले पाँच लाख घूस मागेको भन्दै ट्विट गरेपछि यस विवाद बाहिर आएको थियो । यो मुद्दा दर्ताको घटना कपिल शर्माको हालैको ट्विटको प्रकरणसँग जोडेर हेरिएको छ ।

Iffran khan kapil sharma

विशेष