युनिटीको अध्यक्ष जेलमुक्त, निर्दोष कर्मचारी ६ वर्षदेखि थुनामा, परिवारद्वारा आमरण अनशन बस्ने चेतावनी
भदौ – २८ । झुठो मुद्दाको अभियोगमा विगत छ वर्षदेखि जेलमा रहेका विश्वनाथ गौतमलाई रिहाइ नगरे आमरण अनशन बस्ने गौतम परिवारले चेतावनी दिएका छन् । पीडित परिवारले काठमाडौँको रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर उक्त चेतावनी दिएका हुन् ।
गौतमको परिवारले रिपोटर्स क्लबमा कार्यक्रम गर्दै सरकारले उनलाई रिहाइ नगरे अबको सात दिनभित्र सिंहदरबारमा धर्ना जुलुृस र आमरन अनशन बस्ने चेतावनी दिएका छन् । त्यसका लागि सहयोग गर्न गौतम परिवारले सबैलाई आग्रह गरेका छन् ।
उनलाई फसाएर जेल चलान गरेको प्रमाणित भइसकेको गौतम परिवारले बताएका छन् । गौतम यूनिटीको सञ्चालक नभएर कर्मचारी मात्र रहेको कम्पनी रजिष्टारको कार्यालयले प्रमाणित गरिसकेको छ । गौतमलाई यूनिटीको सञ्चालक भनेर विगत छ वर्षदेखि नख्खु कारागारमा राखिएको छ ।
उनी निर्दोष भएको कुरा कम्पनी रजिष्टारको कार्यालयका साथै गृह मन्त्रालय, नेपाली कागे्रस, नेकपा एमालेलगायतका राजनीतिक दलले स्वीकार गरेर रिहाइ गर्न पत्रचार गरेपनि रिहाइ नभएको उनकी पत्नी दीपा गौतमले रुदैँ भनिन् ।
दीपा गौतमका अनुसार उनको पति विश्वनाथलाई ठगी मुद्धामा निर्दाेश भएपनि मुद्दा फिर्ता गर्न मिल्दैन भनेर महान्यायवक्ताको कार्यालयले छुटाएको छैन् । तर यूनिटी सञ्चालक भने छुटी सकेका छन् ।
पत्रकार सम्मेलनमा मानवअधिकारकर्मी सुबोध प्याकुरेलले घटनाप्रति इङ्गित गर्दै भने, ‘ हाम्रो देशको प्रक्रिया र प्रवृति यस्तो खतरनाक छ निर्दाेश मान्छेलाई फसाएर, उसलाई जीवन र मरणको दोसारमा पुर्याइन्छ किनकि विश्वनाथ निर्दाेष छन् भन्ने कुरा सबै तिरबाट प्रमाणित भएको छ ।’
पत्रकार सम्मेलनमा विश्वनाथ गौतमकी श्रीमती दीपा गौतम, छोरा देवल गौतम, छोरीहरु सुपला गौतम, दीप्ती गौतम र विन्दिला गौतम उपस्थित थिए ।
उनीहरुले आफ्नो निर्दोष बुबा जेलमा पर्दा आफूहरुले धेरै कष्ट भोगेको बताए । उनीहरुले राज्यसँग प्रश्न गर्दै भने, ‘देशमा ठूला–ठूला अपराधी गुन्डा नाइके खुलेआम हिँड्दा राज्य मौन छ, तर निर्दाेश व्यक्ति छ वर्ष जेलमा बस्दा राज्यले किन रिहाइ गर्न सक्दैन ?’
Bishwonath Gautam
Bishwonath Gautama story by Sagar Budhathoki
dipa gautam
fassayera
subodh pyakurel
uniti