धेरै सत्नुका बेफाइदा
सामान्यतः कोही पनि मानिसले ८ घण्टा सुत्दा स्वस्थमा राम्रो हुने र गहिरो निन्द्राले स्वास्थ्यलाई फाइदा गर्ने चिकित्सकले बताउँदै आएका छन् । पर्याप्त निन्द्रा भएमा शरिर फूर्तिलो हुन्छ । त्यसो त सन्तुलित निन्द्राले डायबिटिज र मोटोपनबाट पनि बचाउँछ । तर आवश्यकता भन्दा बढी सुत्यो भने स्वास्थ्यमा झन् समस्या आउँछ ।
विज्ञहरुका अनुसार दैनिक १० घन्टा वा सो भन्दा बढी सुत्ने मानिसको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन्छ । अनिन्द्रा रोगको कारक जस्तै बढी सुत्दा पनि स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन्छ । धेरै सुत्नुका बेफाइदा यस्ता छन् ।
मुटु रोगको उच्च जोखिम
संसारमा मृत्यु भएका मानिसहरुमधये धेरैको मुटुमा समस्या देखिएको पाइन्छ । विभिन्न अध्ययनले ८ घन्टा भन्दा बढी सुत्ने मानिसलाई मुटु रोग लाग्ने ३४ प्रतिशत खतरा भएको पुष्टि गरेका छन् । पुरुष भन्दा महिलाहरु बढी सुत्छन जसका कारण उनीहरु झन् बढी मुटु रोगको जोखिममा छन् ।
तौल बढ्छ -
विभिन्न अध्ययनले देखाएअनुसार पर्याप्त सुत्ने मानिसहरुको तौल बढ्छ । तर अत्याधिक निन्द्रा र मोटोपनबीच पनि उत्तिकै सम्बन्ध छ । मानिस जति बढि सुत्यो उती नै तौल बढ्ने अनुसन्धानले देखाएको छ । बढी सुत्दा शरिर निस्कृय हुने भएकोले क्यालोरी पुग्दैन ।
डायविटिजको खतरा -
अत्याधिक मात्रामा सुत्दा ब्लड सुगर बढ्छ । उच्च ब्लड ग्लुकोजले टाइप २ डायबिटिजको खतरा बढ्छ । सुत्दा निकै निस्कृय र बढी तौल बढ्ने भएकोले यसको प्रत्यक्ष असर डायबिटिजमा हुन्छ ।
दिमाग बोधिन्छ -
स्मरण शक्ति कमजोर हुनुमा निन्द्रा पनि मुख्य कारण हुन सक्छ । जर्नल अफ अमेरिकन जिरियाट्रिक्स सोसाईटीका अनुसार निरन्तर लामो सुत्ने मानिसको दिमाग सामान्यभन्दा २ वर्ष बुढो हुन्छ र दैनिक काम गर्न पनि गाह«ो हुन्छ ।
मुड विग्रन्छ -
डिप्रेसन र निन्द्रा एक अर्कासँग सम्बन्धित छन् । कुनै निश्चित डिप्रेसनले धेरै निन्द्रा लाग्छ । त्यस्तै लामो समय सुत्दा पनि डिप्रेसन हुन्छ । अर्थात् निन्द्राले डिप्रेसन पनि बढाउँछ र डिप्रेसनले निन्द्रा पनि बढाउँछ ।
एजेन्सी –
nindaunuka karan