मनोरञ्जन
दयाहाङ र प्रियाङका 'ह्याप्पी डेज'मा जोडि गाँस्दै
मङ्गलबार, २८ भदौ २०७३ गते प्रकाशित

भदौ - २८ । दयाहाङ राई र नायिका प्रियाङका कार्कीको जोडि नेपाली सिनेमा जगतमा औधी रुचाइएको जोडि हो । चलचित्र 'झोले'बाट यो जोडिलाई रुचाउन थालिएको हो ।
निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म 'ह्याप्पी डेज'मा यी दुईले जोडिको भूमिका रहनेछ ।
सोमबार एक कार्यक्रममा फिल्म ह्याप्पी डेजको घोषणा गर्दै दयाहाङ र प्रियाङकाको जोडि पनि चाम्सले घोषणा गरिदिए । पैसा कमाउन बेलायत पुगेका युवाहरुको कथा बोक्ने उक्त फिल्ममा दयाहाङ र प्रियाङकासँगै विक्की जोशी र सञ्जय गुप्ताको पनि अभिनय रहनेछ ।
फिल्मले कमेडि सोसल ड्रामाको कथावस्तुलाई बोक्ने जानकारी दिइएको छ ।
आगमी महिनामा फ्लोरमा जाँदै गरेको फिल्ममा वीर विक्रमका लेखक याम थापाको पटकथा रहनेछ ।
Dayahang Rai
priyankaa karki