मनोरञ्जन

के चाहन्छिन् करिना ? छोरा या छोरी ?

के चाहन्छिन् करिना ? छोरा या छोरी ?
Karina एजेन्सी — जता गएपनि, के जन्मन्छ ? छोरा या छोरी ? छोराछोरी के छ भनेर परिक्षण गराउनुभयो ? भन्ने प्रश्नबाट बलिउडकी चर्चित नायिका करिना कपूर आजित भइसकेकी छिन् । उनको एउटै उत्तर छ, ‘जे जन्मे पनि खुशी हुन्छु तर आफू पनि छोरी भएकाले पहिलो सन्तान छोरी भयो भने बढि खुशी हुन्छु । ’ करिनाले केही समयअघि नै गर्भवती हुनु आफैमा बडो भावनात्मक विषय भएको बताउँदै आएकी थिइन् । गर्भ अवस्थामा पनि काममा उत्तिकै तेज यी नायिकाले यो पहिलो पल्ट जन्मने सन्तान छोरी नै भए खुशी हुने कुरा बताएकी छिन् । मुम्बाइमा आयोजित ग्लोबल नागरिक अभियान कार्यक्रममा करिनाले सो कुरा बताएकी हुन् । कार्यक्रममा उनले जन्मिने बच्चालाई लिएर सोधिने गरेका केही प्रश्नमा पनि बेखुशी जनाएकी थिइन् ।

Karina Kapoor

विशेष