टिममा सामेल हुन स्पिनर स्टीव ओ किफले मदिरा त्याग्नु पर्ने
भदौ - २८ । गत महिना दश हजार डलरको जरिवाना तिरेका स्पिनर स्टीव ओ किफेलाई अष्ट्रेलियाली क्रिकेट टिममा स्थान बनाउनको लागि गृष्मकालीन सत्रमा मदिराबाट टाढा रहनु पर्ने भएको छ ।
गत महिना सिड्नीको एक होटेलमा राति अबेरसम्म मदिरा पिएको मामिलामा किफेले १० हजार डलरको जरिवाना तिरेका थिए । यस घटनामा प्रहरीले किफेमाथि मदिरा पिएर होटेलको सुरक्षाकर्मी माथि खराब व्यवहार गरेको आरोप लागेको थियो । त्यसपछि किफेले प्रहरी र होटेल व्यवस्थापकसँग माफि मागेका थिए ।
पहिलो टेस्टको दौरान हैमस्ट्रिंगमा चोट लागेर बसेका किफेलाई श्रीलंकाबाट तुरुन्त स्वदेश फर्किनु परेको थियो । त्यसपछि यो घटना बाहिर आएको थियो । किफेको करियरको यो तेस्रो खेल थियो । त्यस्तै उनले अर्काे वर्ष अष्ट्रेलियाको टिमबाट भारत आउदै छन् । यस्तैमा राष्ट्रिय टिमको पछाडि आफ्नो स्थान सुनिश्चित गर्नका लागि किफेले आफ्नो व्यवहार सुधार्नु पर्नेछ । उनी यदी फिट तथा विवादबाट टाढा रहेको स्थितिमा मात्र उनलाई टिममा स्थान मिल्ने छ ।
किफले बताएका छन् कि आफ्नो सम्पूर्ण ध्यान केवल ट्रनिङमा लगाएको र अरु वर्ष २०१६–१७ सम्म मदिराको सेवनबाट टाढा रहने निर्णय लिएका छन् ताकि उनी करियर सम्हाल्न सकून् । उनले भनेका छन् कि मेरो उमेर बढी रहेको र चोट पनि लगातार लागि रहेको छ । यदि मलाई मेरो करियरबाट टाढासम्म जानु छ भने बाँकी चिजलाई खेलदेखि टाढा राख्नुपर्दछ । उनी अर्काे क्रिकेट सत्रमा मदिराबाट टाढा रहने बताएका छन् । उनलाई वियर धेरै मनपर्छ तर म्याच समाप्त भएपछि आफ्नो टिमको साथीसँग वियर पिउन राम्रो हुने बताएका छन् ।
Cricket
stiveo kiffe