समाज

नेपालकका बालकृष्ण भारतका २५ अाैँ धनी व्याक्तिकाे सूचिमा

नेपालकका बालकृष्ण भारतका २५ अाैँ धनी व्याक्तिकाे सूचिमा
acharya-balkrihna भदौ - २८ । बाबा रामदेवको पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्ण भारतका २५  औँ धनी व्याक्तिको सुचिमा परेका छन् । हुरुन इण्डिया रिचलिस्ट २०१६ मा ३.८ बिलियन डलर सम्पत्तिका साथ आचार्य बालकृष्ण २५ औं धनी व्यक्तिमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  आचार्य बालकृष्णको पतञ्जली  योगपीठका ९४ प्रतिशत सेयर रहेको छ ।  नेपालको स्याङ्जा पुर्खौली घर भएका ४४ वर्षिय बालकृष्ण पछि बाबा रामदेवको सम्पर्कमा आएका थिए । वि.सं. २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा जन्मिएका उनी ३ महिनाकै उमेरमा पुर्ख्यौली घर स्याङ्जा फर्किएका थिए । उनका बुबा जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको थियो । १३ वर्षसम्म गाउँमै बसेका उनले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए । १३ वर्षकै उमेरमा घर छोडेका उनी फेरि हरिद्वारसम्म पुगेका थिए । आयुर्वेदमा विज्ञता हासिल गरेका बालकृष्ण सुवेदी पछि आयुर्वेद शिरोमणि हुँदै आचार्य बालकृष्ण बनेका थिए।

acharya bal krishna patanjali yoog

विशेष