खेल

'यो वर्ष हामीले ला लिगा जित्छौ ।’ - रोनाल्डो

'यो वर्ष हामीले ला लिगा जित्छौ ।’ - रोनाल्डो
ronaldo भदौ २८ । च्याम्पियन्स लिग फुटबलका पछिल्ला तीन संस्करणमा दुईवटा उपाधि उचालेको रियल मड्रिडले स्पेनिस लिग ला लिगामा भने त्यो लय समात्न सकेको छैन । स्टार खेलाडीहरुले भरिएको रियल मड्रिडले पछिल्लो पटक ला लिगा फुटबलको उपाधि सन् २०११र१२ मा जितेको थियो । तर, त्यस यता उसले ला लिगा फुटबलको उपाधि उचाल्न सकिरहेको छैन । रियल मड्रिडले रोनाल्डोबिना नै खेलेका खेलमा जित हात पार्दै ला लिगामा राम्रो सुरुवात गरेको छ । रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले यो सिजन ला लिगा फुटबलको उपाधि आफ्नो क्लबले उचाल्ने दाबी गरेका छन् । चोटमुक्त भएर भर्खरै खेलमा फर्किएका रोनाल्डोले यो सिजनको उपाधिको प्रमुख दाबेदार टोली रियल मड्रिड नै भएको बताए । रोनाल्डोले भने,‘मैले क्लबबाट सवै खाले उपाधि उचाल्न चाहन्छु । त्यसमा अझ भन्ने हो भने ला लिगाको उपाधि उचाल्न मन पर्छ र त्यो चाहन्छु ।’ रोनाल्डोले रियलको सुरुवात राम्रो भएकाले टिमको लयलाई कायमै राख्दै उपाधि उचाल्ने गरी खेल्ने बताए । रोनाल्डोले भने,‘यो ठूलो प्रतिस्पर्धा हो । खेल धेरै खेल्नुपर्छ । तर, मलाई विश्वास छ यो वर्ष हामीले ला लिगा जित्छौ ।’ ३१ वर्षीय पोर्चुगलका खेलाडी रोनाल्डोेले रियल मड्रिडजस्तो विश्वकै ठूलो क्लबबाटै व्यवसायिक फुटबल करियर टुंग्याउन चाहेको समेत बताएका छन् ।

laliga ronldo

विशेष