इतिहासमा आज

बाल दिवस

बाल दिवस
bal-diwas भदौ २९ ।  ‘सम्बर्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेर बालदिवस मनाउने गरिएको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

Bal Diwas

विशेष