स्वास्थ्य

निरोगी बन्न अपनाउनुपर्ने कुराहरु

निरोगी बन्न अपनाउनुपर्ने कुराहरु
Healthy एजेन्सी — स्वस्थ र फुर्तिलो रहनु आफ्नै लागि फाइदाजनक हो । स्वस्थ जीवनशैलीले जीवनमा उर्जा प्रदान गर्नुक्ँे सँथ्ै शरीरलाई फुर्तिलो बनाउँछ । स्वस्थ जीवनशैली अपनाउनका लागि जेसुकै गर्न पनि पछि पर्नु हुँदैन । स्वस्थ जीपन अपनाउने आधारहरु यस्ता छन् । १. निन्द्रा — मानव जीवनको लागि निन्द्रा निकै आवश्यक पाटो हो । निन्द्राले शरिरलाई आराम गराउँछ र अर्को दिनको लागि शरिरमा उर्जा प्रदान गर्छ । व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउँन सक्दैनन् भने कसैको लामो समयसम्म सुत्ने बानी हुन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ । त्यस्तै आवश्यकता भन्दा बढि समय सुत्नु पनि स्वस्थ्यका लाग राम्रो मानिदैँन । २. पानी — सम्पूर्ण जीवित प्राणीलाई बाँच्नका लागि पानी नभई नुहने तत्व हो । पानीबिना जीवनको अस्तित्व नै असम्भव छ । मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्नुपर्ने हुनाले सक्दो बढी पानी पिउनुपर्छ । पानीले शरीरबाट अनावश्यक उत्तेजक पदार्थ फाल्न सहयोग गर्छ । स्वस्थ रहन र अन्य रोगबाट बँच्न पनि मानिसलाई दैनिक कम्तिमा ५ लिटर पानी चाहिन्छ । पानीले शारीरिक र मानसिक रुपमा स्फूर्ति दिन्छ । ३. उचित भोजन — मानिस कति स्वस्थ छ भन्ने कुरा उसले गर्ने भोजनबाट पनि प्रष्ट हुन्छ । त्यसैले स्वस्थ जीवनशैलीकाो अर्को महत्वपूर्ण पाटो भनेको भोजन हो । यसका लागि स्वस्थ फलफुल, सागसब्जी, मासु, गेडागुडी नियमति उपभोग गर्नुपर्छ । तेलीय, चिल्लोयुक्त, सोडियम बढी भएको खानेकुरा कहिल्यै खानुहुँदैन् । ४. व्यायाम — दिनहूँ व्यायम गर्ने मानिसकाो शरिर फुर्तिलो देखिन्छ । नियमित व्यायाम गरेर स्वास्थ्यसम्बन्धी केही समस्यामा सुधार ल्याउन सकिन्छ । ड्युक टुडेका अनुसार स्वस्थ भएर बाँच्न वयस्क मानिस कम्तिमा पनि आधा घन्टा व्यायाम गर्नुपर्छ । ५. सकारात्मक सम्बन्ध — स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक सम्बन्ध कायम गर्नुपर्छ । जीवनमा सकारात्मक र मैत्रीपूर्ण सम्बन्धले मानिसको जीवनशैलीलाई अझै स्वस्थ बनाइदिन्छ । कतिपय मानिसले नकारात्मक सम्बन्धलाई महसुस गर्दैनन् जसका कारण उनीहरुमा शारीरिक रुपमा अस्वस्थ हुन्छन् । नकारात्मक सम्बन्धले पेट दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, भोक नलाग्ने लगायतका समस्या उत्पन्न हुन्छन् । ६. विश्राम — दैनिक काममा केही क्षण विश्राम लिनु पनि स्वस्थ जीवनशैलीको अर्को महत्वपूर्ण पाटो हो । आफ्नो बहुमुल्य समय खेर नफाली समय–समयमा ब्रेक लिनुपर्छ । ७. मानसिक स्वास्थ्य — मानसिक रुपमा स्वस्थ भएमा तपाईंको समग्र स्वास्थ्य जीवनशैलीमा सुधार आउछ । मानसिक पीडा र चिन्ताले शारीरिक रुपमा समेत असर गर्छ । योगा, ध्यान, रमाइलो पार्ने व्यायामबाट तनाबमुक्त भई खुसी जीवनयापन गर्न सकिन्छ । ८. ताजा हावा र घाम — कार्यालय र कामबाट फुर्सद लिएर बाहिरको ताजा मौसमको स्वच्छ हावा लिन सकिन्छ । शरीरलाई घाम पनि आवश्यक हुने भएकाले कामबाट ब्रेक लिएर घाममा केही समय बस्न सकिन्छ । ९. नियमित स्वास्थ्य परीक्षण गर्ने — सम्भव भए वर्षमा एकपटक सम्पूर्ण शरीर परीक्षण गर्नुपर्छ ।

Health Healthy tips

विशेष