
भदौ –२९ । खेलको क्रममा मैदानमै लडेका एक फुटबलरको निधन भएको छ ।
बेलायतको नन लिग फुटबल क्लब शाव लानेका डिफेन्डर २६ वर्षीया ड्यानिएल विलकिनसन सोमबार ब्रिगहाउस टाउनसँगको खेलको क्रममा मैदानमै लडेका थिए । त्यस पश्चात उनको प्राथमिक उपचार भएको थियो र नजिकैको अस्पताल लगियो । उनको उपचारको क्रममा मृत्यु भएको क्लबले जनाएको छ ।
उनी खेलको ६० औँ मिनेटमा लडेका थिए जस बखत शाव लानेले २–० को अग्रता लिइसकेको थियो ।
उनी राम्रो खेलाडी रहेको क्लबले बताएको छ ।
death in game
London