मनोरञ्जन

राजेशको लगाएको लिपिस्टिक-पाउडर पचेन दर्शकलाई !

राजेशको लगाएको लिपिस्टिक-पाउडर पचेन दर्शकलाई !
भदौ – २९ । कुनै समय महानायक राजेश हमालको पोस्टर राखेर निर्माता निर्देशक फिल्मको व्यापार गर्ने गर्दथे । राजेशको पोस्टर देखेर फिल्म हेर्न आउनेको पनि घुईचो लाग्ने गर्दथ्यो । तर, समयको बदलावसँगै राजेशका वाही रहिरहन सकेन र पोस्टर पनि बिक्न छोड्यो । rajesh-hamal-kanchan उमेरले पाँच दशक कटाइसकेका राजेशले भाउ भने उत्तिकै छ । विदेशमा सम्पन्न हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनी व्यस्त रहँदै आएका छन् । तर फिल्ममा भने उनको क्रेज घटेको छ । फिल्मै नपाउनु र पाएको फिल्मले पनि उचित व्यापार गर्न नसक्नुले नतिजा त्यस्तै देखाउँछ । उनले कम्ब्याक गरेका फिल्म शकुन्तलाले पनि बक्स अफिसमा लज्जास्पद नतिजा ल्यायो । केटिको भूमिकामा देखा परेका राजेशको फिल्म सुटिङको क्रममा निकै चर्चा चुलियो तर फिल्मले भने व्यापार गर्न सकेन । अर्थात उनको महिला लुक्सले पनि दर्शकलाई रिजाउन सकेन । उनले सारीचोलो, लिपिस्टिक र चुरा लगाएर दर्जनौँ गुन्डालाई भकाभक ढालेको दृश्य दर्शकलाई अपाच्य पनि भएको हुन सक्छ । त्यसैले बिग ब्यानरका अन्य फिल्मसँग जुध्नु नपरे पनि १२ भदौमा प्रदर्शित यस फिल्मले निर्माताको गोजी रित्याउनेबाहेक दोस्रो काम गरेन । निर्माता महेश्वर खत्री पुर्पुरोमा हात राखेर बसेका छन् भने प्रदर्शनको मुखैमा अमेरिका हानिएका राजेश अझ स्वदेश फर्केका छैनन् ।

Rajesh Hamal Sakuntala

विशेष