खेल
पिएसजीको ४२ सेकेण्डमै गोल, दुई टिम नै केही समयलाई १० खेलाडीमा सिमित
बुधबार, २९ भदौ २०७३ गते प्रकाशित

भदौ – २९ । च्याम्पियन्स लिग समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब आर्सनल र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसँग बराबरीमा रोकिएको छ ।
समूह ‘ए’ मा भएको खेलमा दुबै टोली १–१ गोलमा रोकिएको हो ।
खेल सुरु भएको ४२ सेकेण्डमै पिएसजीका एडिसन काभानीले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको आर्सनलका लागि एलेक्स सान्चेजले ७७ औँ मिनेटमा बराबरी गोल गरे ।
इन्जुरी समयमा आर्सनलका ओलिभर जिरउड तथा पिएसजीका मार्को भेर्राटी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टिम केही मिनेट १० खेलाडीमा सीमित भए ।
arsenal
psg