फुड

भृकुटीमण्डपमा 'रुस्लान फूड एण्ड वेभरेज मेला' हुने

भृकुटीमण्डपमा 'रुस्लान फूड एण्ड वेभरेज मेला' हुने
भदौ – २९ । काठमाडौंको भृकुटीमण्डपमा रुस्लान भोड्काले आयोजना गर्न लागेको रुस्लान भोड्का फूड, बेभरेज एण्ड हस्पिटालिटी मेला भदौं ३१ देखि असोज २ गतेसम्म हुने भएको छ । ruslan-vodka सो मेलामा १ सय ५० स्टल रहने छ भने मेलामा चार सय ब्राण्ड र दुई सय विभिन्न संस्थाहरुले भाग लिन आयोजकले बताएको छ । मेलामा होटल, रेष्टुरेन्ट, पार्टी प्यालेश, होष्टल, भोजनालय क्षेत्रमा काम गरिरहेका व्यवसायीहरु सहभागी रहने छ । मेलामा ४० हजार अवलोकनकर्ता आउने अनुमान आयोजकले गरेका छन् । आयोजकका अनुसार मेलामा १२ सय व्यवसायकर्ता समेत आउनेछन् । सुपरमार्केट र किराना पसल व्यवसायी समेत सहभागी हुने छ । यो बाहेक बेकरी, स्न्याक्स र तयारी खाजा उत्पादक समेत आउने बताइएको छ । मेलामा रेवान फूड फेष्टिबल, लाभाज्जा बेष्ट बारिष्टा कन्टेस्ट, सेलबर्न मास्टर बेकर च्यालेन्ज र अष्ट्रिच नेपाल माष्टर सेफ च्यालेन्ज हुनेछ ।

Food and Beverage And Hospitality Rosland Vodka Ruslan Vodka

विशेष