खेल

' इपिएल टी–२०' खेलकाे टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

' इपिएल टी–२०' खेलकाे टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने
epl-waiwai भदौ – २९ । असोज ८ गतेदेखि १७ गतेसम्म आयोजित हुने वाइ वाइ एभरेस्ट प्रिमियर लिग इपिएल टी–२० प्रतियोगिताको सबै खेल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । प्रतियोगितामा हुने १६ खेल कान्तिपुर गोल्ड टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । प्रत्यक्ष प्रशारणका लागि इपिएल आयोजक जोहरा स्पोर्ट्स म्यानेजमेन्ट र कान्तिपुर मिडिया ग्रुपसँग सम्झौता भएको जोहराका निर्देशक आमिर अख्तरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उनले टिभीले लगातार १६ खेल प्रत्यक्ष प्रशारण गर्ने यो नै पहिलो र एतिहासिक भएको बताएका छन् । प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । ६ टिमको प्रतियोगिता रोविन राउण्ड मार्फत खेलाइने छ जसमा राष्ट्रिय तथा क्षेत्रीय खेलाडीहरुको सहभागिता रहने छ ।

telivision bata prsaran waiwai

विशेष