समाज

श्रीमतीको स्मृतीमा लेखेको गीत सार्वजनिक गर्न पाएनन् सुनिलले

श्रीमतीको स्मृतीमा लेखेको गीत सार्वजनिक गर्न पाएनन् सुनिलले
भदौ – २९ । गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गीतारिस्ट सुनिल बर्देवाको मंगलवार ४४ वर्षको उमेरमा असामायिक निधन भएको छ । जण्डिसबाट ग्रसित गायक सुनिलले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभूवन शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । ab]{jf–kfly{j z/L/ a'waf/ >4f~hlnsf nflu k|1f ejg sdnfbLdf /flvPsf] ufos tyf ;+uLtsf/ ;'gLn ab]{jfsf] kfly{j z/L/ . tl:a/ M /f]zg ;fksf]6f, /f;; सुनिलको श्रीमतीको पनि दुई वर्ष अघि निधन भएइसकेको छ । उनका एक छोरा सानै छन् भने छोरी चितवनमा डेन्टिस्ट पढ्दै आएकी छिन् । उनको पार्थिव शरीरलाई राष्ट्रिय प्रज्ञा प्रतिष्ठानममा सम्मान पछि बुधबार साँझ करिब साढे पाँच बजे पशुपतिमा दाहसंस्कार गरियो । गायकहरुको नजरमा सुनिल भरत सिटौला bharat-sitaulaमेरो भेट एउटा एलबमको गीतको तयारीका क्रममा भएको थियो । म संगीतिक क्षेत्रमा नयाँ थिएँ । उनीसँग एउटा गीत एरेन्ज गराउने क्रममा भेट भएको थियो । त्यो समयका ब्यस्त एरेन्जर थिए उनी । उनीसँग गीत एरेन्ज गराउनको भिड लाग्थ्यो । एक महिनासम्म कुर्नु पर्ने हुन्थयो । चर्चित एरेन्जर भएकाले पहिलो पटक भेट्दा धेरै नर्भस भएको थिएँ । पछि उनी एकदम साथी जस्ता लागे । वातावरण सहज बन्यो । केही समयमा नै म उनीसँग घुलमिल हुन सकेँ । उनी नयाँ आउनेलाई एकदमै राम्रो सल्लाह सुझाव दिने गर्दथे । कसरी सांगीतिक क्षेत्रलाई सुधार गर्न सकिन्छ भन्नेमा सोच मग्न रहन्थे । उनी सजिलै अरुसँग घुलमिल नहुने अन्तर्मुखी स्वभावका थिए । मदिरा धेरै पिउने बानी नराम्रो नै थियो । उनले मदिरालाई कहिल्यै नियन्त्रण गर्न सकेनन् । राम्रो पक्ष चाँहि के थियो भने, उनीलाई पैसाको लोभ र लालच कहिल्यै थिएन । कतै कार्यक्रम गर्दा पनि नयाँलाई बढि प्राथामिकता दिन्थे । नव पुस्ताले सिक्नुपर्छ र गर्नुपर्छ भनेर हौस्याउँथे । उनलाई कसैप्रति रिस राग थिएन । सुगम पोखरेल sugam-pokharel सुनिल वर्देवा, म्युजिसियन, गितारिस्ट, एरेन्जर र त्यसपछि मात्र गायक हुन् । उनी गीत लेखक पनि हुन् । उनले निकै थोरै गीत गाएका छन् । तर, थोरै गीत गाएर पनि उनले धेरै चर्चा बटुल्न सफल भएका छन् । उनी वास्तावमा म्युजिक एरेन्जर हुन् । एक जमानामा उनीबाट गीत एरेन्ज गराउनको लागि महिनौँ कुर्नुपथ्र्यो । उनको यो अल्पआयुमा नै मृत्यु होला भनेर सोचेको पनि थिइन । सायद कसैले पनि सोचेका थिएनन् । यस घटनाले सम्पूर्ण संगीत प्रेमीहरुलाई मर्मात तुल्याएको छ । बास्तवमै उनी एकदम राम्रा सहकर्मी थिए । सधैँ हसाइरहने प्रवृतिका थिए । उनको मृत्युले यो नयाँ पुस्तालाई ठूलो क्षती भएको छ । पछिल्लो समय गीतको तयारीमा थिए । यो उनको श्रीमतीको यादमा लेखिएको गीत हो । सुनिल त्यहि गीतको लागि तयार गर्दै थिए । लगभग यसको तयारी अन्तिम अवस्थामा पुगेको थियो । गीत रेकडिङ सकिएर भिडियो निर्माण हुँदै थियो । यसै बीचमा उनी अस्ताए । आफ्नी श्रीमतीको यादमा लेखिएको गीत पनि सार्वजनिक गर्न पाएनन् । सुनिलले गाएको गीत 

Bharat Shitaula Sugam Pokharel Sunil Bardewa

विशेष