व्यवसायलाई नयाँ उचाईं दिएका कश्यप र राहुल
भदौ – २९ । वि.स २०५० मा ललितपूरका शाक्य परिवारले मसला व्यवसाय थाल्यो । कम्पनीको नाम अलाइड फुड राखियो । भारतबाट दुई तीनवटा मेसिन ल्याएर सामान उत्पादन गर्न थालिएकोे थियो । दुई चारजना कामदारहरु राखियो । दुईजना उत्पादन गर्ने एकजना सामान प्याक गर्ने र एकजना मार्केटिङ गर्ने । शुरुवाती दिनमा काम राम्रै हुँदै गएको थियो । शाक्यको मसाला व्यापार पछि आएर व्यवसाय ओरालो लाग्न थाल्यो ।
दुई दाजु भाइका छोराहरु कश्यप र राहुल ठूला भइसकेका थिए । एमबीए गरेका कश्यप विभिन्न ठाउँमा काम गर्न थालेका थिए । राहुल पनि बेलायतबाट एमबीए गरेर फर्किए । दुइ भाइमा अरुको जागिरे हुनुभन्दा आफैंले केही गर्ने सोच बनाए । दुबैले निष्कर्ष निकाले, ‘परिवारकै उद्योगलाई नयाँ रुप शैलीमा संचालन गर्ने ।’
अलाइड फुड घाटामा गएकाले बन्द हुंने अवस्थामा पुगेको उद्योगलाई बचाउँन दुई दाजुभाइ कस्सिए । उद्योगलाई आधुनिक रुप दिए । उद्योगलाई आधुनिक प्रविधियुक्त बनाएपछि बजार प्रबन्धमा लागे । उनीहरुले आफ्नो उत्पादनलाई ब्राण्डको रुपमा विकास गरे । हरेकजसो मसला पसलमा पाइने बज्र मसला नै अलाइड फुडको उत्पादन हो ।
मसलाबाहेकका उत्पादनमा पनि उनीहरुले ध्यान दिए । स्थानीय स्रोत र साधनको उपयोग गरी गुणस्तरीय लिटो उत्पादन थाले । धेरै अनुसन्धान र मेहनतपटि बजारमा माम माम नामको लिटो उत्पादन भयो । मेहनतको फल मिठो हुन्छ भनेको त्यसै रहेनछ । यसले बजार पिटेको छ । बच्चाहरुको लागि यो एकदमै प्राकृतिक तथा लाभदायक तथा पौष्टिक आहारको रूपमा बजारमा यसको लोकप्रियता बढ्यो ।
त्यसपछि केहि महिना पछि नै चिनी, रंग तथा कुनै कृत्रिम पदार्थको प्रयोग नभएको हिमालयन डाइजेस्टिभ बजारमा ल्याइयो । बालबालिकादेखि बृद्धबृद्धासम्म सबैलाई उपयोगी हुंने शाक्य दाजुभाइको भनाइ छ । विशेषगरी सुगरका अर्थात डाइबेटिजका बिरामीलाई लक्षित गरि ल्याइएको यो लिटोको माग ह्वात्तै बढेको छ । चिकित्सकहरुले समेत सिफारिश गरेको पाइएकोमा कश्यप र राहुल खुशी छन् । ‘आफ्नो उत्पादन स्वास्थ्यका लागि सहयोगी भएको सुन्न पाउँदा जस्तो खुशी अरु के मा हुन्छ र ?’ शाक्य दाजुभाइको भनाइ छ ।
मकै, गहुँ, फापर, कोदो, चना आदि मिसाएर बनाइएकाले पूर्णरुपमा स्वास्थ्यबद्र्धक छ ।’ कश्यपले जानकारी दिए । लिटो बनाउनका लागि चाहिने मकै, गहुँ, फापर, कोदो नेपालमै उत्पादन हुन्छ । चना नेपालमा प्रयाप्त मात्रामा नपाइने भएकाले उनीहरुले अरु क्ष्रोतबाट लिने गरेका छन।
तुलनात्मकरुपमा आफुहरुको उत्पादन सस्तो रहेको कश्यपको दाबी छ । १७८ रुपैयाँमा आधा किलोको माम माम र १९८ रुपैयाँमा आधा किलो हिमालयन डाइजेस्टिभ पाइन्छ । शुरुका दिनमा ललितपुरका केही पसलमा मात्र पाइने यो लिटो हिजोआज काठमाडौं उपत्यकाका हरेकजसो डिपार्टमेन्टल स्टोर्सबाट बिक्री भइरहेको छ ।
बिदेशको भनेपछि सहजै विस्वास गर्ने नेपाली उपभोक्ताको बानी छ । त्यसमाथि नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिष्प्रर्धा गर्न कठीन छ । ‘हिमालयन डाइजेस्टिभलाई कति सहज छ ?’ प्रश्न सुनेपछि मुस्कुराउँदै कश्यपले भने, ‘ २०५० सालमै उद्योग खोल्नुभएकाले हामीले उद्योग संचालनका लागि धेरै धाउँन परेन । बजार व्यवस्थापन र गुणस्तरीय उत्पादनका बीचमा सन्तुलन मिलाउन सकेकाले सहज भएको छ ।’
अलाइड फुडले डिएफटिक्युसीबाट प्रमाणपत्र प्राप्त गरेको छ । उत्पादित खाद्य सामाग्री स्वास्थ्य उपयोगी रहे नरहेको जाँच गरेपछि डिएफटिक्यसुसीले प्रमाण पत्र दिने गर्छ । लगातार परीक्षण गरिएपछि मात्र सो प्रमाणपत्र दिइएको थियो ।
ऐले शुरुवातमा आर्थिक लाभ धेरै नभएपनि शाक्य परिवार उद्योगबाट सन्तुष्ट छ । मिसावट नगरिएको उत्पादन बजारमा पाउन मुस्किल रहेको सन्दर्भमा आफुहरुले सुद्ध उत्पादन थालेको अलाइड फुडको दाबी छ । ‘अस्पतालमा जाँदा होस वा डिपार्टमेन्टल स्टोर्स वा कसैको घरमा जाँदा, आफ्नो उत्पादन खपत भइरहेको देख्दा मन आनन्दित हुन्छ ।’ कश्यपले मनको सन्तुष्टि पोखे ।
Elide Food
Himalayan Digestive
Kashyap Shaky
lalitpur
Rahul Shaky