देश

बालविवाह मुक्त वडा घोषणा

बालविवाह मुक्त वडा घोषणा
भदौ – २९ । रुपन्देहीको सूर्यपुरा गाउँ विकास समितिको वडा नम्बर ९ कानिजवालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बुधबार राष्ट्रिय बाल दिवसको अवसर पारेर गाविस सचिव टुकराज पाण्डेले ९ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरेका हुन् । marriage-graphic-i विसं २०७० देखि उक्त वडामा कुनै पनि बालविवाहका घटना नभएकाले बालविवाह मुक्त वडा घोषणा गरिएको गाविस सचिव पाण्डेले जानकारी दिए। उनले २०७५ भित्र सूर्यपुरालाई बालमैत्री गाविस घोषणा गर्ने लक्ष्य अनुसार नै ९ नम्बर वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको बताए। लालीगुराँस स्वावलम्बन समूह, साथी सञ्जाल, सम्वाद केन्द्र र ग्रेजुयट सम्वाद सूर्यपुराको आयोजना तथा सूर्यपुरा नमुना गाविस र सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा बालविवाह मुक्त घोषणा कार्यक्रम भएको हो । सूर्यपुराको ९ नम्बर वडामा १३ देखि १९ वर्ष उमेर समूहका ७३ जना किशोर र १ सय ८२ जना किशोरी रहेको गाविसले जनाएको छ । बाल गृह सञ्चालनमा समस्या सैनामैना नगरपालिका–१ बनकट्टामा रहेको अभियान नेपाल बालगृहमा आर्थिक सङ्कटमा परेको छ । द्वन्द्व प्रभावित बालबालिकालाई संरक्षण दिँदै आएको उक्त बालगृहलाई सरकारी तथा गैर सरकारी संस्थाहरुले आर्थिक सहयोग नगर्दा समस्या आएको हो । विगत ४ वर्षदेखि ११ जना बालबालिकालाई आश्रय दिँदैआएको बालगृहको नियमित आम्दानीको कुनै स्रोत नहुँदा पछिल्ला दिनहरुमा थप समस्या आएको आश्रमका संस्थापक तथा संरक्षक तिलक शाहीले बताए। विसं २०६९ सालमा स्थापित बालगृहमा ९ जना मुगु जिल्लाका द्वन्द्व प्रभावित र अन्य दुई गरी ११ जना बालबालिका रहेका छन् ।

Bal Bibah बालविवाह मुक्त वडा घोषणा

विशेष