समाज

गोसाइँकुण्डमा शव फेला

गोसाइँकुण्डमा शव फेला
भदौ - २९ । गोसाइँकुण्डमा आज एक बेवारिसे शव फेला परेको छ । death-main कुण्डकै पानीमा शव तैरिरहेको देखेपछि स्थानीय होटल व्यवसायीले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक टोली कुण्डमा पुगी अहिले शव सदरमुकाम ल्याउँदै गरेको रसुवाका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाइँले जानकारी दिए। मृतकको परिचय खुल्न सकेको छैन । मृतक अन्दाजी ४०/४५ वर्ष उमेरका पुरुष हुन् । रासस

Death in Goashi kunda

विशेष