मनोरञ्जन

फिल्ममा फिट तर हिन्दी भाषामा अनफिट भएका बलिउड कलाकार

फिल्ममा फिट तर हिन्दी भाषामा अनफिट भएका बलिउड कलाकार

flim

एजेन्सी — हिन्दी फिल्मले दुनियाँभरि हिन्दी भाषालाई लोकप्रिय बनाउनमा मद्दत पुर्याएको छ । तर यी कलाकारलाई हिन्दी भाषा नै राम्ररी आउँदैन भन्दा जो कोहीलाई पनि आश्चार्य लाग्न सक्छ । शब्दको सटिक उच्चारण गर्न यी कलाकार असमर्थ छन् । तेह्र वर्षमा तीसवटा फिल्म खेलिसकेकी अभिनेत्री कटरिना कैफको बीसवटा फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएका छन् ।

हिन्दी फिल्मलाई एक नयाँ उचाई दिइसकेकी उनलाई हिन्दी राम्रोसँग बोल्न आउँदैन । ज्याकलीन फर्नाडेजको पनि हालत उस्तै छ । पछिल्लो आठ वर्षमा करिब एक दर्जन भन्दा फिल्म खेसिलसकेकी ज्याकलीन पनि शब्दको ठिक उच्चारण गर्न सक्दिनन् । हिन्दीमा असक्षम भएपनि नरगीसले दर्जनौँ फिल्ममा काम गरिसकेकी छिन् । आजसम्म पनि उनको डिमाण्ड बढ्दो छ ।

त्यस्तै सन्नी लियोनी, डयना पेन्टी, लिसा हेडन, एमी ज्याक्सन, एली अवराम जस्ता हिरोइनलाई हिन्दी प्रस्ट बोल्न आउँदैन । तर पनि बलिउडमा भने खासै केही फरक परेको देखिदैँन । ऋतिक रोसनलाई अहिलेसम्म पनि हिन्दी बोल्नुपर्यो भने तनाव हुने गर्दछ । सैफ अलि खानले फिल्ममा काम गरेको २५ वर्ष भइसक्यो । तैपनि उनलाई डायलगको स्कृप्ट अंग्रेजीमा नै चाहिन्छ । रजनीकान्त र कमल हासनले धेरै हिट हिन्दी फिल्ममा काम गरिसके तैपनि उनीहरुलाई हिन्दी एक विदेशी भाषा जस्तो लाग्ने गर्दछ ।

सलमान खानलाई पनि हिन्दी भाषामा समस्या रहेको छ । कलाकार इमरान हासमीन भन्छन्, ‘हिन्दी फिल्म खेल्नको लागि हिन्दी नै आउनुपर्छ भन्ने छैन । बलिउडमा यस्ता कति कलाकार छन् जसलाई हिन्दी आउँदैन तैपनि सफल नै छन् । यदि हिन्दी पनि आउँछ भने त्यो कलाकारको लागि प्लस पोइन्ट हुन्छ । ’ निर्माता मुकेश भट्ट भन्छन्, ‘कलाकारलाई हिन्दी फिल्मको लागि हिन्दी जरुरी त छ तर यदि उनीहरुलाई हिन्दी आएन भने पनि हामी केही न केही उपाय निकाल्छौँ ।’

bollywood

विशेष