मनोरञ्जन

छविको छक्का पञ्जा: फिल्म चलाउन विहेको हल्ला

छविको छक्का पञ्जा: फिल्म चलाउन विहेको हल्ला

Chabi भदौ ३० । नेपालमा फिल्मको प्रचार पनि बडो आश्चार्यजनक रुपमा गरिएको पइन्छ । कुनै समय निर्माता निर्देशक महानायक राजेश हमालको पोस्टर राखेर फिल्मको प्रचार गर्ने गर्दथे । अहिलेको समयमा भने फिल्म चलाउनको लागि निर्माता र फिल्मकी नायिकाको विवाहको हल्ला फिजाँइएर फिल्मको प्रचार गरिन्छ ।

निमार्ता छविराज ओझाको तीन पटक विवाह असफल भइसकेको छ । पटक पटक टुटेको घरवारले उनी कन्ट्रोभर्सीमा परिरहन्छन् । अहिले त झन् आफ्नो छोरी उमेरकी नायिका शिल्पा पोखरेलसँगको विवाहको हल्लाले उनलाई हर तहबाट मिडियाले पछ्याइरहेको छ ।

अन्य निर्माता निर्देशक फिल्म चल्नु अघि फिल्मको् प्रचार प्रसारमा विभिन्न ठाउँमा खटेर लाग्ने गर्छन् भने निर्माता छविराज ओझाको भने फिल चलाउने बडो गज्ज्बको फर्मुला छ । उनी फिल्म चलाउन हिरोइनसँगको विहेको हल्ला गर्ने गर्दछन् । फिल्म ‘लज्जा’ र ‘हवलदार सुन्तली’ को रिलिजको समयमा उनले नायिका शिल्पा पोख्रेलसँग विहेको हल्ल चलाए । त्यस्तै फिल्म ‘लोफर’ को समयमा पनि उनको नाम रजनी केसीसँग जोडिन गएको थियो । अहिले छवि फिल्म ‘किस्मत २’ को तयारीमा छन् । उनलाई केही चिन्ता छैन । किनभने उनले शिल्पा पोखरेलसँग विवाहको हल्ला चलाईसको छन् ।

नेपाल आजसँगको अन्तर्वातामा छविले अब विवाह नगर्ने प्रतिक्रिया दिएका थिए । तर उनको फिल्म ‘किस्मत २’ को रिलिज मिति नजिकिदैँ गर्दा उनको बोली पनि फेरिदैँ गएको छ । ‘हामीबीच उमेरको ग्याप छ तर मायामा उमेर हुँदैन, एकले अर्कालाई बुझ्न सकियो भने केही फरक पर्दैन ।’ भन्ने भनाई व्याप्त भइसकेको छ ।

छविराजका पछिल्ला समयका फिल्मले खासै राम्रो समिक्षा नपाए पनि उनी यस्तै फन्जाका कारण चर्चामा रहिरहन्छन् । उनका बारे अहिले फिल्म वृत्तमा सधैँ विवाहको हल्ला चलाएर फिल्म चल्दैन भन्ने टिकाटिप्पणी भइरहेका छन् ।

हुन त छवि ओझा आफूलाई नेपालको सलमान खान भन्ने गर्छन् । बलिउडको सलमान खानसँग तुलना गर्दै तीनवटा घरबार बिग्रिए केही नहुने बताएका थिए छविराज ओझाले । नेपालको सलमान खान छविलाई कसो विवाह नगर्लिन् र नायिका शिल्पा पोख्रेलले ?

chabi ojha chakka panja

विशेष