मनोरञ्जन

फेशनमा सौखिन प्रियंका

फेशनमा सौखिन प्रियंका
pri भदौ ३० ।  पछिल्लो समयकी बहुचर्चित नायिका प्रियंका कार्की फेशनलाई लिएर निकै सौखिन छिन् । कुनै पनि फिल्मको प्रिमियर शो या कुनै कार्यक्रम किन नहोस् प्रियंकाले आफूलाई स्मार्ट नै राखेकी हुन्छिन् । विशेषगरि नेपालका युबी थापा, सुभेक्क्षा भदेल जस्ता डिजाइनरको लुगा उनको रोजाईमा परेका हुन्छन् । उनी चलनचल्तीका भन्दा पनि केही भिन्न पहिरनरमा देखिन रुचाउँछिन् । केही वर्षयता अमेरिकका बसेर फर्किएकी उनी हलिउड अभिनेत्री र मोडलको फेशनलाई अपनाउन खोज्छिन् । यसबाट उनलाई नाफघाटा दुबै भइरहेको छ । उनी कहिलेकहीँ फेसनकै कारण पत्रकारको लेन्समा पर्छिन् भने कहिले फेशनले धोका दिएर मालफंक्सनको शिकार हुन्छिन् । उनको फरक पहिरन लगाउने सोख फिल्म छक्का पञ्जाको ए भिआईपी शोमा देखियो । उनले नीलो वानपिसमा फिका निलो जिन्सको ठाउँठाउँमा च्यातिएको ग्रन्ज ज्याकेट लगाएकी थिइन् । धेरैले भने उनलाई त्यो ड्रेस नसुहाएको बताए ।

priyanka karki

विशेष