स्वास्थ्य

छारे रोगले मानिस बेहोस भएमा घरेलु उपाय

छारे रोगले मानिस बेहोस भएमा घरेलु उपाय
Stabile Seitenlage भदौ - ३० । वास्तममा छारे रोग भनेको स्नायुसम्बन्धी एक प्रकारको बेहोस हुने रोग हो । तर सबै बेहोस हुने रोग छारे रोग भने होइन । मस्तिष्कमा भएका न्युरो ट्रान्समिटर असन्तुलित रोग हुन पुग्दछ । दिमागको विकासक्रममा वा बनावटमा केही अप्ठेरो छ भने पनि सो पनि छारे रोग नै हो । गाउँघरमा हात काँप्यो, आँखा फर्कियो, मुख बाङ्गियो भने मात्र छारे रोग भएको भन्ने चलन रहेको छ । तर कतिपय अवस्थामा मानिस हिँड्दा हिँड्दै केही समयका लागि अचेत हुने र केही समयपछि पूनः सामान्य अवस्था फर्किनु पनि छारे रोगको कारणले हुनसक्छ । त्यसैले पनि बिरामी कतै बेहोस भएमा तत्काल परिवारको सदस्यलाई खबर गर्नुपर्छ । नेपालमा भने एक प्रतिशत जनसंख्यामा यो रोग लागेको अनुमान छ । छारे रोगी बेहोस भएमा : १.बिरामीलाई सजिलो ठाउँमा कोल्टे पारी सुताउने । २.टाउको तल कपडा वा तकिया हाल्नुपर्छ । ३.बल प्रयोग गरेर कम्पन रोक्ने प्रयास गर्ने ४. मुखमा जम्मा भएको र्याल, थुक, फिजलाई सफा रूमालले पुछ्नुपर्छ । ५.मुख बाधेको अवस्थामा जर्बजस्ती खोल्न कोसिस नगर्ने । ६.मुखमा पानी तथा खानेकुरा नराखिदिने । ७.काम्न छोडपछि कोल्टे पारेर सुताउने । ८.हाम्रो गाउँघरमा जुत्ता साँचो सुघाउने चलन छ त्यस्तो नगर्ने । ९.जतिसक्दो चाडो नजिकैको अस्पताल तथा स्वास्थ्य संस्थामा पुर्याउने । छारे रोग साधारण किसिमको रोग भएता पनि ग्रामिण भेगमा यो रोग सम्बन्धि अन्धविश्वास व्याप्त छ । बिरामीलाई जुत्तामोजा सुँघाउने, धामीझाँक्री देखाउने गरेको पाइन्छ । छारे रोगको लक्षण हरेक दिन देखिन्छ भन्ने हुँदैन । उपचार नगरे पनि कसैकसैलाई एकपटक लक्षण देखिएपछि अर्को १ वर्षसम्म लक्षण नदेखिन सक्छ । केटीहरुमा छारे रोग देखिएमा परिवारले लुकाएर राख्ने चलन छ ।

chhare rog

विशेष