खेल

सर्जियोको ह्याट्रिकमा सिटीको शानदार जित

सर्जियोको ह्याट्रिकमा सिटीको शानदार जित
man-chester-city भदौ – ३० । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मोन्चेनग्ल्याटब्याचलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ । सर्जियो अगुइरोले ह्याट्रिक गरेपछि सिटीले बोरुसियालाई सहजै हरायो । अगुइरोको यो सिजनमा दोस्रो ह्याट्रिक गर्ने क्रममा खेलको ८ औँ मिनेटमा टिमलाई अग्रता दिलाउँदै , २८ औँ मिनेटको पेनाल्टीमा दोस्रो र ७७ औँ मिनेटमा तेस्रो गोल गर्दै अगुइरोले टिमलाई जित दिलाएका हुन् । यस्तै ९१ औं मिनेटमा केलिची हिन्चोले गोल गर्दै टिमलाई ४–० को जितमा पुर्याए ।

manchester city

विशेष