प्रवास

अस्वभाविक अंकमालका कारण आलोचित मोदी र प्रचण्डको अंकमाल कस्तो होला ?

अस्वभाविक अंकमालका कारण आलोचित मोदी र प्रचण्डको अंकमाल कस्तो होला ?
prachanda-india-visit-nepalaaja गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा प्रचण्डले २०६५ मा भारत भ्रमण गर्दा उनका समकक्षी थिए मनमोहन सिंह । शालिन स्वभावका वृद्ध प्रोफेसर सिंहलाई युद्धको पृष्ठभुमीबाट आएका युवा प्रचण्डले ग्वाम्मै अंकमाल गरे । उनको अंकमालका कारण सिंह तर्सिएका (फोटोमा देखिएअनुसार) थिए । प्रचण्डको आर्कषण बेग्लै थियो त्यतिबेला । विश्व नै प्रचण्डका बारे चासो राख्थ्यो । नेपालमा गणतन्त्र स्थापना भएको थियो । सशस्त्र माओवादी युद्धको जगमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । भारत आफैं पनि माओवादी युद्ध (त्यहींको) का कारण हायलकायल थियो । रहस्यमय र चमत्कारिक छबीका साथ प्रचण्ड भारतमा ओर्लिएका थिए । १० बर्षे युद्धमा ८ बर्ष भारत बिताएका उनलाई युद्धकालमा सायदै कसैले चिन्यो । खुबिया एजेन्सीले चिन्थे कि ? आंशका कायमै छ । प्रचण्डको सो भारत भ्रमण भारतीय संचारमाध्यमले अत्याधिक चासो दिएको नेपाली प्रधानमन्त्रीको भ्रमण थियो । उनका अघि र पछि भारतीय क्यामरा देखिन्थे । अघिपछिका प्रधानमन्त्रीको भ्रमणमा भारतीय संचार माध्यमले खाशै चासो दिंदैनथे । उनले भारतीय प्रधानमन्त्री सिंहलाई क्रान्तिकारी अंकमाल गरेको दृश्य भारतीय संचार माध्यममा छाएको थियो । नेपालमा त प्रचण्ड सिंहमाथि झुण्डिएको रुपमा सो अंकमाल आलोचित भएको थियो । अहिले भारतमा मोदी अंकमालका कारण आलोचित छन् । उनको अंकमालका बारेमा अन्तराष्ट्रिय संचारमाध्यमले मसलेदार समाचार बनाउने गरेका छन् । फ्रान्सका राष्ट्रपति होल्याण्ड त मोदीको अंकमाल शैलीका कारण झस्किएको देखिन्थ्यो । अमेरिकी राष्ट्रपति ओबामाले मोदीको अंकमालबाट उम्किन प्रयास गरेजस्तो देखिन्थ्यो । पुरुष अतिथि देख्यो कि अस्वभाविक अंकमाल गर्न थालेपछि मोदीको यौनिकताका बारेमा समेत प्रश्न उठाइएको छ समाजिक संचालमा । विवाह भएकै रात श्रीमती छाडेर हिडेका मोदी यौनका मामिलामा रहस्यमय मानिन्छन् । प्रचण्डले भारतीय संचारमाध्यमलाई दिएको अन्तरवार्तामा मोदीसँग आफ्नो रसायन अर्थात केमेस्ट्री मिल्ने बताएका छन् । दुबै नेता अंकमाल गर्न खप्पिस छन् । यि दुईको अंकमाल कस्तो होला ? शारीरिकरुपमा जस्तो सुकै होस्, राजनीतिकरुपमा देशको पक्षमा होस् भन्ने कामना नेपालीजनले गरेका छन् ।

prachanda india visit

विशेष