स्वास्थ्य

पुरुषले फेसियल किन गर्ने ?

पुरुषले फेसियल किन गर्ने ?
jents-facial अधिकांश नेपाली पुरुषहरु अझैपनि आफ्नो छालाको सुरक्षामा ध्यान दिँदैनन् । उनीहरु आफ्नो छालाको सुन्दरता कायम राख्न कुनै उपाय पनि अपनाउँदैनन् । पुरुषको छाला महिलाको भन्दा दह्रो भएपनि उनीहरुको छालालाई बाटोमा हिड्दा घामले पोल्दा असर गरेको नै हुन्छ । त्यसैले केही एक्स्पर्ट पुरुषहरु छालाको सुन्दरता कायम राख्न फेसियल गर्न सल्लाह दिन्छन् । पुरुषले पनि फेसियल गरेको खण्डमा उनीहरुको छाला स्वस्थ र मुलायम हुने गर्दछ । दिनभरिको धुँवा, धुलो, व्यस्तता र पसिनाको चिपचिपले पुरुषहरुको अनुहार बिग्रिरहेको हुन्छ । अनुहारको छालाका प्वाल धुलो फोहोर टालिएर पसिना बाहिर निस्किन सक्दैन् । यस्तो अवस्थामा किटाणु फैलिएर घाउ खटिरा आउँछ । त्यसैले अनुहारमा पाउडर तथा हप्ताको एक पटक पार्लर गएर फेसियल गराउन जरुरी देखिन्छ । यदि हप्तामा एक पटक फेसियल गराउन सकेको खण्डमा छालामा जमेको फोहोर हटेर जान्छ । यसले छालालाई सक्रंमण हुनबाट जोगाउनुका साथै असामान्य अवस्थामा हुने चाउरीपनाबाट मुक्ति दिलाउँछ र अनुहार ताजा र सफा रहन्छ । फेसियल गर्नु अघि अनुहारमा राम्रोसँग सफा गर्नुपर्छ । थोरै गुलाबजल लिएर हल्का मसाज गर्ने त्यसपछि क्लिन्जिङ मिल्क लगाएर मसाज गर्नुपर्छ । मसाज पश्चात कपासले राम्रोसँग पुछनुपर्छ । फेसियल किट्स आफनो छालाको प्रकृति अनुसार प्रयोग गर्नपर्छ । यसबारे एक्सपर्टसँग परामर्श लिन सकिन्छ । अनुहारमा किट्स लगाएर १० मिनेटसम्म मसाज गरेपछि सफा पानीले पखाल्ने गर्नपर्छ । फेसियलपछि मोस्चराइजर क्रिम प्रयोग गर्न सकिन्छ । फेसियललगत्तै अनुहारमा कडा खालको क्रिम प्रयोग गर्नुहुदैन् ।

arjentina sports facial jents

विशेष