विवाह गरेका दुलाहा र दुलहीलाई विवाह पश्चात् ३ दिनसम्म शौचालय जान दिँइदैँन

एजेन्सी । इन्डोनेशियाको एउटा जातीमा यस्तो अनौठो खालको परम्परा रहेको छ ।
उनीहरु विवाह गरेका दुलाहा दुलहीलाई विवाह पश्चात तीन दिनसम्म शौचालय जान दिँदैनन । इन्डोनेशियाको टिडान्ग जातीमा अहिलेसम्म पनि यो संस्कार व्याप्त रहेको छ । यदि विवाह गरेको दुलाहा दुलही तीन दिनभित्रै शौचालय गएमा उनीहरुको सम्वन्ध लामो समय टिक्दैन भन्ने मान्यताले जरो गाडेको छ ।
यदि दुलाहा दुलहीले शौचालय प्रयोग गरेमा उनीहरुमा अरुको आँखा लाग्ने र उनीहरुको सम्वन्ध समेत लामो समय नटिक्ने जनविश्वास रहिआएको छ । त्यसैले उनीहरुले दुलाहा दुलहीलाई यस अवधिमा खानेकुरा समेत कम खुवाएर राख्ने गर्दछन् ।
indonessia