खेल

चेस ओलम्पियाडमा नेपालको स्थान उक्लियो

चेस ओलम्पियाडमा नेपालको स्थान उक्लियो
bariyata भदौ – ३० । ४२ औं चेस ओलम्पियाडमा नेपालले पदक जित्न असफल रहे पनि आफ्नो वरीयतामा भने सुधार गरेको छ । पुरुष टोली प्रतियोगिता सुरु हुँदा १२७ औँ स्थानमा रहेको नेपाल समाप्तिपछि १२० औँ स्थानमा उक्लिएको छ । त्यस्तै महिला टोलीमा ११४ औं स्थानको नेपाल १०९ औं स्थानमा रहेकाे छ । एघारौं ताथ अन्तिम चरणमा बुधबार समूह ‘डी’ मा दोस्रो स्थानमा रहेको नेपाली पुरुष टोली इराकसँग पराजित भएको थियो ।  नेपाल अन्तिम खेलमा ९३ औं वरीयताको ईराकसँग २.५–१.५ अंक अन्तरले पराजित भयो । अन्तिम खेलमा केशव श्रेष्ठ, सजिन महर्जन, क्षितिज भण्डारी र विमललाल श्रेष्ठ थिए । जित दर्ता गर्नेमा क्षितिज भण्डारीमात्र रहे र विमललाल श्रेष्ठले भने बराबरी गरे बाकी खेलाडीले भने जित्न सकेनन् । सुजना लोहनी पहिलो नेपाली महिला फिडे मास्टर भइन् । उनले नवौं चरण खेलेर ७ अंक बटुलिन् । अहिलेसम्म सातौं ओलम्पियाडमा सहभागी नेपाली खेलाडोको यो व्यक्तिगत उच्च स्कोर हो । यसअघि जर्मनीमा सम्पन्न ओलम्पियाडमा मनीष हमालले साढे ६ अंक बनाएका थिए । युवा खेलाडी सजिन महर्जन र क्षितिज भण्डारीले क्यान्डिडेट मास्टर (सिएम) को उपाधि पाए । फिडे मास्टर विलमलाल श्रेष्ठले प्रतियोगितामा राम्रो प्रदर्शन गरे । नवौं चरण खेलेका उनले ६ जित एक बराबरी खेले । यी खेलाडीहरुले आफ्नो रेटिङ समेत सुधारेका छन् । एघारौँ चरणमा महिला टोलीले आरुवासँग २–२ को बराबरी खेलेर नेपाल समूह ई मा छैटौं स्थानमा रह्यो । चेस ओलम्पियाडको पुरुषतर्फ अमेरिका च्याम्पिनय हुँदा युक्रेन दोस्रो र रुस तेस्रो भए भने महालाको उपाधि चीनले जित्यो । दोस्रोमा पोल्यान्ड र तेस्रोमा युक्रेन रहेका छन् ।

chess olampic

विशेष