Technology

आईफोन 6 एस र 6 एस प्लसको मूल्य घट्याे

आईफोन 6 एस र 6 एस प्लसको मूल्य घट्याे
iphone_se_colours भदौ – ३० । एप्पलले आईफोन 6 एस र 6 एस प्लसको मूल्यमा भारी कटौती गरेको छ । प्रविधि समाचार अनुसार करिब ३१ हजार १ सय ६० नेपाली रुपैयाँ कटौती गरेको छ । यसै साल कम्पनीले ४ इन्च डिस्प्ले भएको आईफोन एसईको मूल्य पनि घटाएको थियो । मूल्य घटाएको एप्पलले आधिकारिक घोषणा गरिनसकेपनि यी दुई मोडलका फोन अनलाइन रिटेलर्समा कम मूल्यमा धमाधम बिक्री भइरहेका छन् । आईफोन सिक्स एस प्लस (१२८ जीबी) एप्पलले पहिले करिब एक लाख ४७ हजारमा बेचिरहेको थियो भने अब १ लाख १८ हजारमा बेच्ने भएको छ । अर्कातिर आईफोन सिक्स एस (१२८ जीबी) करिब १२२४ डलरमा आउँथ्यो भने अब मूल्य घटेपछि यसको मूल्य ९ सय डलरमा आइपुगेको छ । अमेरिकामा आईफोनको मूल्य करिब करिब ६ सय १५ डलर रहेको छ । जुन यसको पुरानो संस्करणको भन्दा करिब एक सय डलर कम हो । यी सेटमा १२ मेगा पिक्सल आईसाइट क्यामेरा रहेका छन् र ४ हजार भिडियो खिच्ने सुविधा पनि राखिएको छ । यस संस्करणको आईफोन सिक्स एस (१६जीबी) ९२५ डलर र सिक्स एस प्लस (१६ जीबी) १ हजार ७५ डलर मूल्यमा लन्च भएका थिए ।

iphone 6

विशेष