विवाहपछि महिलाको घरमा पुरुष प्रवेश गर्छ र महिलाको हुकुम चल्ने समाज
भदौ – ३० । हाम्राे नेपाली समाजमा विवाह पश्चात महिलाहरु पुरुषको घरमा प्रवेश गर्ने संस्कार छ । महिलालाई लक्ष्मीको रुप भनेर पनि घरमा तामझामका साथ भित्र्याउने गरिन्छ ।
तर, यसको ठीक विपरित अफ्रिकी मुलुक नाइजरमा पुरुष विवाहपछि महिलाको घरमा जाने संस्कार छ । यस ठाउँमा पुरुष महिलाद्वारा शासित छन् ।
तुआरेग जनजातिका युवतीहरुले आफूलाई मन लागेको काम गर्न पाउँछन् । चाहे त्यो अन्य पुरुषसँगको शारीरिक सम्बन्ध किन नहोस् । तर, पुरुषहरुले केही काम गर्नु अगावै महिलाहरुसँग अनुमती लिनुपर्छ ।
यहाँका महिलाहरुले आफ्नो श्रीमान् बाहेक पर-पुरुषसँग पनि खुलेआम यौन सम्बन्ध राख्ने प्रचलन रहेको छ । जसमा कोही पनि बाधक बन्दैनन् र समाजले पनि महिलालाई प्रश्न उठाउँन सक्दैन ।
अझ रोचक विषय त के छ भने यस जनजातिमा महिलाले नभई पुरुषले मुख छोप्न, घुम्टो ओड्नु पर्ने संस्कार रहेको छ ।
Niger
niger socaity