गोरु काटेको आभियोगमा ४ युवक पक्राउ

भदौ – ३० । बाँकेमा गोरु काटेको अभियोगमा प्रहरीले ४ जना युवकलाई बिहीबार पक्राउ गरेको छ ।
लक्ष्मणपुर–३ र ४ मा पर्ने रोसनपुर्बा गाउँस्थित पूर्व दशगजा नजिकै गोरु काटिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी लक्ष्मणपुरबाट गएको प्रहरी टोलीले लक्ष्मणपुर–३ बस्ने ३० वर्षीय मुलादी भन्ने हगन्न खाँलगायत ४ जनालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय जनाएको छ ।
उनीहरुको साथबाट मासु काट्ने गरासी १ थान, चक्कु १ थान, गोरुको टाउको, छाला र खुट्टासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
banke
pakrwo
