मनोरञ्जन

‘मन्त्रीको सालो....’ लिएर फर्किदै ‘माग्ने बुढा’ (भिडियो)

‘मन्त्रीको सालो....’ लिएर फर्किदै ‘माग्ने बुढा’ (भिडियो)
भदौ – ३० । ‘मन्त्रीको सालो....’ गीत मार्फत स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पुनः अभिनय कर्ममा फर्किएका छन् । magne11 ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेका बेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् । हरि लम्सालको संगीत रहेको र उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो....’ गीतको म्यूजिक भिडियोको सुटिङ बानेश्वरको एक स्टुडियोमा भइरहेको छ । ‘छक्का पञ्जा’ फिल्मपछि माग्ने बुढाले अभिनय यात्रामा ब्रेक लिएका थिए । माग्ने बुढासहितका कलाकार अभिनित फिल्म ‘छक्का पञ्जा’ले देशरविदेशमा लोकप्रियता कमाइरहेको छ । विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको यूरोप यात्रामा निस्कँदा माग्ने बुढाले मन्त्रीको सालो गीत कोरेका थिए । उनले यूरोपमा भएका विभिन्न कार्यक्रममा यो गीत गाएर दर्शक हँसाएका थिए ।

Kedhar Ghimire Magne Budha

विशेष