देश

ऐतिहासिक सहर तौथलीलाई गाउँपालिकाको केन्द्र बनाउन माग गर्दै ज्ञापनपत्र

ऐतिहासिक सहर तौथलीलाई गाउँपालिकाको केन्द्र बनाउन माग गर्दै ज्ञापनपत्र
भदौ - ३०। सिन्धुपाल्चोक तौथली गाविसका स्थानीयवासीले धुस्कुन गाविस केन्द्रभन्दा ऐतिहासिक तौथली सहरलाई त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्र कायम गर्न माग गरेका छन् । sindhupalchowk-district-1200x545_c स्थानीय तहको पुनः संरचना गर्दा त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्र धुस्कुन गाविसमा राखिएकोमा विरोध जनाउँदै उनीहरुले तौथलीजस्तो ऐतिहासिक सहरलाई गाउँपालिकाको केन्द्र बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र बुझाएका हुन् । विरोधमा आएका तौथलीवासीले निमित्त प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालसंग भेट गरी तौथलीलाई केन्द्र कायम गर्न माग गरेका हुन् । ज्ञापनपत्र बुझेपछि निमित्त प्रमुख जिल्ला अधिकारी सिलवाले आफूले सम्बन्धित निकायको ध्यानाकर्षणका लागि माथिल्लो तहमा पत्र पठाउने प्रतिवद्धता व्यक्त गरे। नेवार सँस्कृति झल्कने बाजागाजासहित सयभन्दा बढी तौथलीवासी आफ्नो गाउँलाई केन्द्र कायम गराउन गाडी नै रिर्जभ गरेर सदरमुकाम आएका थिए ।

Dothali Shindhupalchok

विशेष