समाज

अग्रिम टिकट सुरक्षित राख्न माग

अग्रिम टिकट सुरक्षित राख्न माग
भदौ – ३० । इमोन तराई पहाड यातायात व्यवसायी सङ्घले दसैँ, तिहार र छठ नजिकिँदै गरेकाले घर जान चाहनेका लागि अग्रिम टिकट सुरक्षित गर्न माग गरेको छ । bus बिहीबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष इन्द्रबहादुर लामाले जनताको सुविधाका लागि अत्याधुनिक सवारी साधनलाई इजाजत उपलब्ध गराउन आग्रह गर्दै दसैँमा आवतजावत गर्नेको चाप बढ्ने हुँदा समयमै अग्रिम टिकट सुरक्षित खुला गर्नुपर्ने बताए । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासङ्घका अध्यक्ष विष्णु शिवाकोटीले व्यवसायीले नयाँ गाडी झिकाए पनि यातायात व्यवस्था विभागले इजाजत नदिएका कारण सवारी साधन थन्किएर बसेकाले तिनलाई दसैँका समयमा सञ्चालन गर्न दिनुपर्ने माग गरे । उनले यातायात क्षेत्रमा विद्यमान एकाधिकारको अन्त्य गर्न नयाँ सवारी साधनलाई इजाजत दिनुपर्ने बताउँदै त्यसो भएमा स्वच्छ प्रतिस्पर्धा भई यात्रुलाई सस्तो र सुविधा प्राप्त हुने विचार व्यक्त गरे । सङ्घका अनुसार सार्वजनिक यातायातमा निजी क्षेत्रको करिब रू ५० अर्बको लगानी रहेको र ३० लाखले रोजगारी प्राप्त गरेका छन् ।

buspark Mobile Expo At New Buspark

विशेष