देश

हात्तीको आक्रमणबाट स्कूले विद्यार्थीको मृत्यु

हात्तीको आक्रमणबाट स्कूले विद्यार्थीको मृत्यु
भदौ–३० । बर्दिया जिल्लामा विद्यालयबाट घर फर्कने क्रममा जंगली हात्तीको आक्रमणबाट एक विद्यार्थीको ज्यान गएको छ । elephantcalf त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवामा कक्षा ७ मा अध्ययनरत युवराज चौधरीलाई हात्तीले आक्रमण गरेको प्रहरीले बताएका छ । दिउँसो करिब ४ बजे घर फर्कने क्रममा हात्तीले आक्रमण गर्दा गम्भिर घाइते भएका चौधरीको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरी उपरिक्षक भरत बहादुर बोहोराले बताए । बर्दिया राष्ट्रिय निकुन्जसँग जोडिएको सुर्यपटुवामा केही दिन यता हात्तीको आतंकले वरिपरिका वासिन्दालाई त्रसित बनाएको छ ।

Bardiya Elephant

विशेष