साउदीमा अलपत्र सात नेपालीको उद्धार

भदौ – ३० । साउदी अरबमा अलपत्र परेका सात नेपालीको उद्धार गरिएको छ । उनीहरुको उद्धार काठमाडौंस्थित अपराध महाशाखाले गरेको हो ।
देव बहादुर कंडेल, रन बहादुर रोकाया, मोहमद आरुन खान, निसार खान, खगेन्द्र नाथ योगि, लिल बहादुर रोक्का मगर र मोहमद सबिर खानको उद्धार भएको हो ।
उनीहरु कर्णाली म्यानपावर नेपालगञ्ज बाँकेमार्फत साउदी पुगेका थिए । ज्ब्क्ब् भ्ी(म्इक्क्च्क्ष् ँइःभ् क्ब्ग्म्क्ष् कम्पनीले राम्रो काम र तलबी दिने सर्तमा उनी साउदी पुगेका थिए ।
उक्त म्यानपावर कम्पनिले सम्झौता गरि पठाए अनुसारको काम र तलब जादा कम्पनीका मानिसबाट पटक पटक पिटाइ खानु परेको उनीहरुले बताए ।
कम्पनीले खान र बस्नसमेत नदिएपछि पीडितहरुले जीवन रक्षा गरी नेपाल फिर्ता गराई पाउँ भनी महाशाखालाई साउन आठ गते टेलिफोनबाट जानकारी गराएका थिए ।
महाशाखाको पहलमा साउदीस्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी पीडितहरुलाई गत २९ गते उद्दार गरी नेपाल ल्याइएको हो ।
Saudi Arabia
