मनोरञ्जन

प्रदीपले पाए नयाँ जोडी

प्रदीपले पाए नयाँ जोडी
aslesha-thakuri भदौ ३१ । प्रेमगीत चलचित्रको सिक्वेल अर्थात प्रेमगीत–२ का लागि अभिनेता प्रदीप खड्काको जोडी फेला परेको छ । अशुषेन फिल्मसले लामो खोजीपछि २१ वर्षीया अश्लेषा ठकुरीलाई नायीकाको रुपमा अनुबन्ध गरेको छ । ५ फिट ५ इन्च अग्ली अश्लेषा अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । रंगकर्मी सुनिल पोखरेलंग अभिनयको प्रशिक्षण लिइसकेकी अश्लेषा पोखरेलकै निर्देशनमा हालै एउटा नाटकमा अभिनय गरेर प्रशंशा कमाइसकेकी छन् । यतिबेला नृत्यको प्रशिक्षणमा व्यस्त अश्लेषाका अभिभावक भने विदेशमा रहेका छन् ।

Aslesha Thakuri

विशेष