समाज

प्रचण्डको भारत भ्रमणमा उनकी पत्नी सीता दाहाल किन यति अप्रशन्न ! (फोटो फिचरसहित)

प्रचण्डको भारत भ्रमणमा उनकी पत्नी सीता दाहाल किन यति अप्रशन्न ! (फोटो फिचरसहित)

भदौ ३१ । प्रकाश दाहालले सिर्जना त्रिपाठी हुँदा हुँदै अर्काकी पत्नी बिना मगरलाई घिस्याएपछि त्यो बेला ठूलो तरंग छायो । प्रकाशको विवाहले चर्चा पाउनु स्वभाविकै थियो किनभने उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र पुत्र थिए ।

बिनासँग अवैधानिक विवाह गरेपछि घरकी वैधानिक पत्नी सिर्जना निकै आक्रोशित भइन् । त्यो बेला सासु अर्थात प्रचण्ड पत्नी सीता दाहालले आफ्नी बुहारीलाई हप्काउँदै भनिन्, ‘कमरेड माओका पनि पाँचवटा श्रीमती थिए, प्रकाशले एउटा अर्को बहे गर्दैमा कति कराउँछेस् ?’ सीता दाहालले वास्तवमै यो शब्द भनिन् वा भनिनन् यसको स्वतन्त्र पुष्ट्याईँ छैन । तर कमरेड माओका पनि पाँच श्रीमती थिए भन्ने तथ्य चाहिँ सीता दाहालसँग जोडिएको खबरबाट धेरैलाई थाहा भयो ।

14354881_1230455690350414_6513360010313739113_n

प्रचण्डकी बैधानिक बुहारी सिर्जनाले पनि पटक पटकका अन्तर्वार्ताका क्रममा ससुरा प्रचण्डको व्यक्तित्वको प्रशंसा गरेकी छन् । तर सासु सीताबारे सकारात्मक टिप्पणी गरेकी छैनन् ।

भनिन्छ, प्रचण्ड निवासभित्र ठूलो राजनीति हुन्छ, त्यसको मुख्य खेलाडी सीता नै हुन् । अनौपचारिक कुराकानीको क्रममा माओवादी केन्द्रका एक नेताले एक पटक भनेका थिए, ‘उहाँ (सीता दाहाल) त्यस्तै हुनुहुन्छ । के गर्ने, भन्दा भने जस्तो । साह्रै जिद्दि हुनुहुन्छ ।’

1473952425901_hl_ktm_150926_0015 सीता दाहालका विषयमा सकारात्मक विषय धेरै बाहिर आएका छ्रैनन् । कुनै पनि व्यक्ति गुणैगुण वा दोषैदोषले भरिएको हुँदैन । यो मामिलामा सीता अभागी छन् । उनका राम्रा भन्दा नराम्रा खबर नै बढी बाहिर आउँछन् ।

prachanda

सीता दाहाललाई प्रधानमन्त्री पत्नी शौभाग्य दोस्रो पटक जुरेको छ । अहिले उनी पतिसँगै भारत भ्रमणमा छिन् । प्रधानमन्त्रीको भारत भ्रमणमा पति प्रचण्डसँगै धेरैवटा फोटोमा उनलाई सँगै देख्न सकिन्छ । तर नियालेर हेर्दा थाहा हुन्छ, उनी सबैजसो फोटोमा अप्रशन्न जस्तो देखिन्छिन् ।

1

अधिकांश तस्बिरमा उनको मुस्कान बिनाको फुङ्ग उडेको अनुहार देखिन्छ । त्यो भन्दा पनि आश्चर्यजनक त उनी जताततै हात बाँधेर बसेकी छन् । यो उनको बानी हो वा अप्रशन्न हुँदाको शारिरिक भाव, स्पष्ट छैन ।

pus

सामान्यतः नयाँ मान्छे, वा आफ्नो समकक्षी, स्वागतमा आएका व्यक्ति वा जो कोहीसँग भेट्दा हल्का मुस्कान, अभिभावदन आदि देखिनु पर्ने हो । प्रधानमन्त्री पत्नी सीताको अनुहारमा त्यस्तो केही देखिदैन ।

उनी गहिरो सोचमा डुबेको जस्तो देखिन्छ । उनी अप्रशन्न, गहिरो सोचमा डुबेको वा उच्च स्तरीय भ्रमणको चमकधमकमा लठ्ठीएकी (नर्भस) हुन् कि जस्तो लाग्छ ।

pm pushpa kamal dahal prachanda

विशेष