मनोरञ्जन

चाडबाडको मौसममा करोडौं कमाउने दाउ

चाडबाडको मौसममा करोडौं कमाउने दाउ

New Flim भदौ ३१ । नेपाली चलचित्र बजारमा सार्वजनिक विदा र चाडपर्वको मुख पारेर चलचित्र प्रदर्शन गर्ने टेन्ड पुरानो भइसकेको छ । आजसम्म आइपुग्दा पनि नेपाली चलचित्रका निर्माताहरुले चाडपर्व तथा सार्वजनिक विदाको अवसरमा चलचित्र प्रदर्शन गर्ने पुरानो बानीलाई त्याग्न सकेका छैनन् । खासगरी नेपालको सार्वजनिक विदा शनिवारको अघिल्लो दिन चलचित्र प्रदर्शन गर्ने चलन रहेको छ । त्यस्तै नेपालको मुख्य चाडपर्व दशै तिहार, तीज, रक्षाबन्धन, छठ आदिको मौका पारेर नेपाली चलचित्र प्रदर्शन गर्ने गरेको पाइन्छ ।

यो वर्ष पनि चाडपर्वको अवसर पारेर नेपाली चलचित्र प्रदर्शन भएका छन् । भने केही चलचित्र प्रदर्शनको तयारीमा रहेका छन् । तीज पर्वको अवसर पारेर विर विक्रम, चपली हाइट चलचित्र प्रदर्शन भएका छन् । त्यस्तै तीजको पूर्वसन्ध्यामा आएर चलचित्र ब्रासलेट,लालजोडी,वृन्द्रावन एकअर्कामा जुुधेर प्रदर्शनमा आए । यसैक्रममा गत साता एक मात्र चलचित्र छक्कापञ्जा पदर्शनमा आएको छ । यो चलचित्रले नेपाली सिने जगतमा नै विभिन्न रेकर्ड राखेको छ । यो चलचित्रसँग कुनै चलचित्र नजुध्याएकाले पनि यसले राम्रो व्यापार गरेको छ हास्यकलाकारहरु अभिनित यस चलचित्रलाई दर्शकहरुले रुचाइरहेका छन् ।

दशैँ अघिको मौसमलाई ध्यानमा राख्दै यही शुक्रबार अर्थात भदौँ ३१ गते दुई नेपाली चलचित्र गाँठो र ड्राइभर दाइ प्रदर्शनमा आउदै छन् । यि चलचित्रमा लगभग ५० लाख भन्दा माथिकै लगानी रहेको बताइएको छ । चलचित्र गाँठोमा नयाँ अनुहारहरु नाजिर हुुसेन,अभय बराल,नम्रता श्रेष्ठ, आदिले मुख्य भूमिका निर्वाह गरेका छन् भने चलचित्र ड्राइभर दाइमा किशोर खतिवडा मुख्य भूमिकामा छन् । यि चलचित्रको कूल लगानी लगभग एक करोड भएकाले यि चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न तीन करोड बराबरको व्यापार गर्नुपर्ने हुन्छ ।

त्यस्तै असोज सात गते निश्चल बस्नेत निर्देशित तथा दयाहाङ राई र रिस्मा गुरुङ अभिनित चलचित्र झुम्की प्रदर्शनमा आउने भएको छ । असोज १४ गते भने दुई नेपाली चलचित्र सफर र सत्यदीप प्रदर्शनमा आउने भएका छन् । सफरमा मनन सापकोटा,सञ्जय सापको टा शिविर पोखरेल,नुरजा श्रेष्ठ जस्ता कलाकारले अभिनय गरेका छन् । त्यस्तै सत्यदीपमा भने जोनी सिंह, सविना केसी,श्याम केसी,जीवन गिरी आदि कलाकारको भूमिका रहेको छ ।

त्यस्तै दशैको मुखैमा आएर अर्थात असोज २१ गते दुई नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । यस दिन छविराज ओझाको चलचित्र किस्मत–२ तथा सविर श्रेष्ठ निर्देशित चलचित्र किङ प्रर्दशनमा आउने छन् । चलचित्र किस्मत–२ मा किशोर खतिवडा, शिल्पा पोखरेलको अभिनय छ भने किङमा निखिल उप्रेती,बेनिसा हमाल तथा अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको छ । दशैँपछि प्रदर्शनमा आउने चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन् । दशैपछि चलचित्रहरु पलास, परदेशीकोे उमंग, द विनर, पुरानो डुङ्गा प्रदर्शनमा आउने अनुमान लगाउन सकिन्छ ।

Chapali Hight 2

विशेष