ताजा खबर

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मुस्कानमा टारिन प्रधानमन्त्री प्रचण्डको संविधानलाई स्वागत गर्ने आग्रह

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मुस्कानमा टारिन प्रधानमन्त्री प्रचण्डको संविधानलाई स्वागत गर्ने आग्रह
prachanda_susma भदौ - ३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपालको संविधानको स्वागत गर्न आग्रह गरेका छन् । शुक्रबार बिहान साँढे १० बजे प्रम प्रचण्ड र विदेशमन्त्री स्वराजबीच राष्ट्रपति भवनमा भेटवार्ता हुँदा प्रम प्रचण्डले बहूमत नेपालीले बनाएको संविधानलाई स्वागत गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालका अनुसार प्रधानमन्त्री प्रचण्डसँग स्वराजको आधा घण्टा लामो वार्ता भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटअघि भएको वार्ता दुई देशको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा केन्द्रीत थियो । ‘प्रधानमन्त्रीले नेपालको संविधानको स्वागत गर्न आग्रह गर्नुभयो तर भारतीय विदेशमन्त्री स्वराजले ठयाक्कै कुनै उत्तर दिनुभएन हाँसेर टार्नुभयो’, खनालले भने, ‘मन्त्री स्वराजले मधेसी मोर्चाका माग पूरा गरी सबैलाई समेटेर जाँदा उपयुक्त हुने सुझाव दिनुभयो ।’ प्रधानमन्त्रीको भ्रमणका बेला नयाँ सम्झौता गर्ने भन्दा पनि पूरानालाई नै लागू गर्न प्रम प्रचण्डले जोड दिएको खनालले नेपालखबरलाई जानकारी दिए । पञ्चेश्वरको डीपीआर बनाएर लागू गर्ने तल्लो अरुण हाइड्रो पावरमा कसरी काम गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको खनालको भनाइ छ । ‘पहिले नै सम्झौता भएका आयोजनाहरु पनि होल्ड हुने समस्या देखिंदै आएकाले पहिला त्यो सल्ट्याउनु पर्ने प्रस्ताव प्रधानमन्त्रीको थियो, त्यसमा सुष्माले सहमति जनाउनु भयो’, खनालले बार्तामा भएको छलफलबारे भने ।  

pm pushpa kamal dahal prachanda sushma sworaj

विशेष